काठमाण्डु, १० असोज– विश्वका विभिन्न देशमा बसेका धेरै नेपालीले विदेशको नागरिकता लिएको सरकारको अनुमान छ ।
तर, नेपाली नागरिकता त्याग गर्नेको तथ्यांक भने चार वर्षमा तीन सय ६१ मात्र छ । अर्को मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्यागको निवेदन दिनेको संख्या वर्षेनी बढ्दो छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष ०६७ र ६८ मा ३२ जनाले नागरिकता परित्यागको निवेदन दिएका थिए ।
०७८ र ०६९ मा एक सय १४, ०६९ र ७० मा ८६ र ०७० र ७१ मा एक सय २९ जनाले नागरिकता त्यागका लागि निवदेन दिएका छन् । यो विभिन्न देशका नेपाली दूतावासमार्फत आएको निवेदनको मात्र तथ्याङ्क हो ।
अन्य मुलुकको नागरिकता लिइसकेका व्यक्तिले नेपाल आएर सीधै सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमा निवेदन दिन सक्ने भएकाले गृह मन्त्रालयसँग नागरिकता त्याग गर्नेको यकिन तथ्याङ्क छैन् ।
विदेशको नागरिकता लिन नेपाली नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने देशमा बस्ने नेपालीले मात्र नागरिकता त्यागको निवेदन दिन्छन् । दोहोरो नागरिकता लागू भएका देशमा बस्ने नेपालीले भने नेपालको नागरिकता त्याग गर्दैनन् ।