काँग्रेस नेता ओझाको निधन

काठमाण्डु टुडे २०७१ असोज १० गते ३:५१ मा प्रकाशित

काठमाण्डु, १० असोज– पूर्वमन्त्री एवम् कांग्रेस नेता  सिद्धराज ओझाको निधन भएको छ ।
मिर्गौला र मुटु रोगले थलिएका ७० वर्षीय ओझाको बिहीबार राति उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मा निधन भएको हो ।

ओझाको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने काँग्रेसले जनाएको छ ।

ओझाको आजै पशुपति  आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us