गाडी भाडामा लिन दिल्ली गएको सरकारी टोली फर्कियो

काठमाण्डु टुडे २०७१ असोज १० गते २:१८ मा प्रकाशित

काठमाण्डु, १० असोज– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औ शिखर सम्मेलको तयारीबारे सदस्य मुलुकलाई जानकारी दिन दिल्ली पुगेको नेपाली टोली बुधबार साँझ स्वदेश फर्केको छ ।
सहसचिव प्रकाश सुवेदी नेतृत्वको उक्त टोलीले दूतावास नभएको मुलुकका राजदूतलाई सार्कबारे जानकारी दिन भन्दै शिखर सम्मेलनको लागि आवश्यक पर्ने विशिष्ट अतिथी सवार हुने गाडी भाडामा लिनेबारे जानकारी हासिल गर्दै सम्झौता नै गर्न चार दिनअघि त्यसतर्फ गएका थिए ।
सदस्य मुलुक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको दूतावास काठमाण्डुमा रहेको भए पनि माल्दिभ्स, भुटान र अफागानिस्तानको दूतावास काठमाण्डुमा नभएकाले उनीहरु राजदूतस्तरमा नै जानकारी गराउन दिल्ली गएको टोलीका सदस्य तथा सह–प्रवक्ता भरत रेग्मीले बताए । उनले गएको समयमा गाडी भाडाको प्रसंग चलेकाले त्यस विषयमा पनि जानकारी लिने काम भएको बताए ।

टोलीले शिखर सम्मेलनका लागि आवश्यक पर्ने बुलेटप्रुफ गाडी भाडामा लिनेबारे जानकारी हासिल गर्ने मुख्य उद्देश्य थियो । भाडमा दिने कम्पनीहरुसंग बुझ्ने काम उक्त टोलीले गरेको स्रोतले बतयो । सार्कका राष्ट्र एवम् सरकार प्रमुख तथा विदेशमन्त्रीहरु सवार हुने गाडी सरकारसंग उपलब्ध नभएपछि भाडामा ल्याउने कि खरिद गर्ने भन्ने अन्यौल थियो ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us