इटहरी, १० असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
इटहरीबाट धरान जाँदै गरेको को १७ प ४७१३ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा गम्भीर घाइते भएका मकवानपुर पदमपोखरी–८ का ३५ वर्षीय राजकुमार वाइवाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि बसेका इटहरी–५ हलगडाका हिरा कार्की गम्भीर घाइते भएका छन् ।