काठमाण्डु, १० असोज– प्रधानमन्त्री सुशील कोइरालाले बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्रीले शुक्रबार हसिना सरिफसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
दुवै प्रधानमन्त्रीसँगको भेटमा आसन्न सार्क शिखर सम्मेनलको तयारी, नेपालमा जारी शान्ति र संविधान लेखन प्रक्रिया तथा आपसी चासोको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा बंगलादेशी प्रधानमन्त्री वाजेद र सरिफले सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन त्यस क्षेत्रका मुलुकबीच सहकार्य जरुरी रहेको बताएका थिए ।
कोइरालाले यसअघि अमेरिकी राष्ट्रपति बाराक ओवामा र श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजापाक्षेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।