प्रधानमन्त्री मोदी न्युयोर्क जाने दिन अमेरिकी अदालतद्धारा नोटिस जारी

काठमाण्डु टुडे २०७१ असोज १० गते ९:२६ मा प्रकाशित

काठमाण्डु, १० असोज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकाको संघीय अदालतले समाह्वान (नोटिस) जारी गरेको छ ।

modiप्रधानमन्त्री मोदीलाई सन् २००२ को गुजरात बमकाण्डको दोषी भन्दै सो नोटिस जारी गरेको हो ।  सो नोटिस मानवअधिकारवादी अमेरिकी संस्था अमेरिकी जस्टिस सेन्टर (एजेसी)र गुजरात दङ्गाका दुई पीडितले दायर गरेका थिए ।

प्रधानमन्त्री मोदी संयुक्त राष्ट्र संघको महासभालाई संवोधन गर्न अमेरिका जान लागेको बेला यस्तो मुद्धा दायर भएको हो ।

प्रधानमन्त्री भएको नाताले मोदीलाई ‘इम्युनिटी स्टेटस ’ प्राप्त हुने हुनाले सो दायर भएको नोटिसको कुनै कानुनी महत्व नरहेको बुझिएको छ ।

नौ वर्षदेखि अमेरिकाले मोदीलाई प्रवेश निषेध गर्दै आएको थियो । तर यसपल्ट मोदी ५ दिनका लागी शुक्रबार अमेरिका उड्दैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us