ईडिभी असोज १५ बाट खुला, भर्न पैसा नलाग्ने

काठमाण्डु टुडे २०७१ असोज १० गते १२:४३ मा प्रकाशित

काठमाण्डु, १० असोज – इलेक्ट्रोनीक डाइभर्सिटी भिसा (ईडिभी)  सन् २०१६का लागि असोज १५ गतेदेखि आवेदन खुल्ने भएको छ ।

us-nepalकात्तिक १७ गतेसम्म डिभी भर्ने अन्तिम मिती तय गरेको काठमाण्डुस्थित अमेरिकी दूतावासले जनाएको छ।

डिभी चिट्ठा भर्दा कुनै पनि शुल्क नलाग्ने अमेरिकी दूताबासले जनाएको छ। साथै दूतावासले आवेदन फारमा भर्दा कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन तथा आवेदनसम्बन्धी सहयोग चाहिएमा विश्वासिलो साथीको सहयोग लिने सुझाएको छ।

२०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन अनलाइनबाटै दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिको बेलामा यहाँ गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी)  आवेदन फारम भर्न सक्नेछन्। दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेदूतावासले जनाएको छ।

दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्ने दूतावासले बताएको छ साथै उसले यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका भएको भन्दै कसैलाई पनि सेयर नगर्न आग्रह गरेको छ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन। तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन २०१५ मे ५ वा त्यसपछि नतिजा आउने बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us