एमालेकी कान्छी केन्द्रीय सदस्यले गरिन जनवादी विवाह

काठमाण्डु टुडे २०७१ असोज १० गते १४:०१ मा प्रकाशित

काठमाण्डु, १० असोज– एमाले वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले जनवादी विवाह गरेकी छन् ।
rachanaएमालेकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य खड्काले अनेरास्ववियुका पूर्वनेता लेखनाथ पौडेलसँग बानेश्वरस्थित अर्याल होटलमा शुक्रबार आयोजित एक कार्यक्रमबीच जनवादी विवाह गरेकी हुन् । विद्यार्थी राजनीतिको पृष्ठभूमि भएका खड्का र पौडेलबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।

विवाह समारोहमा कार्यबाहक प्रधानमन्त्री बामदेव गौतम, एमाले नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र विद्या भण्डारी, नेता भरतमोहन अधिकारी, अमृतकुमार बोहरा, शङ्कर पोखरेल, भानुभक्त ढकाल र सभाध्यक्ष  सुवास नेम्वाङसहितले वैवाहिक जीवन सफलताको शुभकामना दिएका थिए ।

विवाह समोरहमा  एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us