विमानस्थलमा अलपत्र क्रिकेट टोली उड्यो छुट्टाछुट्टै विमानमा

काठमाण्डु टुडे २०७१ असोज १० गते ८:४७ मा प्रकाशित

काठमाण्डु, १० असोज – १७ औं एसीयाडमा सहभागी हुन नेपाली क्रिकेट टोली शुक्रबार दिउँसो दक्षिण कोरिया उडेकाे छ । टोलीका खेलाडीहरु छुट्टाछुट्टै विमानमार्फत कोरिया उडेका हुन् ।

Nepali-Cricket-teamशरद भेसवाकर र शक्ति गौचन मलेसियन एयरबाट गएका छन् भने कप्तान पारस खड्कासहितको टोली थाइ एयरबाट बैंकक हुँदा कोरिया पुग्नेछन् । नेपाली टोली शनिबार विहान ६स्५५ मा कोरिया पुग्ने क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले जनाएको छ ।

नेपाली टोली बुधबार नै कोरिया जाने कार्यक्रम थियो । तर, ड्रागन एयरको विमानमा आएको खराबीका कारण दुई रात त्रिभुवन अन्तराष्ट्रिय विमानलस्थलमा अलपत्र परेका थिए । बिहीबार विहान ७ बजे नै उडान हुने भनिए पनि फेरि विमानमा खरावी देखिएपछि शुक्रबार बिहान करिव ३ बजेतिर नै टोली होटल फर्कियो ।

लगातार दुई रात विमानस्थलमा अलपत्र पर्दा टोलीका सदस्यहरु तनाबमा थिए । शुक्रबार उडान नभए शनिबार कुवेतविरुद्धको खेल छुट्ने र यो निकै महंगो सावित हुने भएकाले प्रशिक्षक र खेलाडीहरु दबावमा थिए ।

समूह चरणको पहिलो खेलमा नेपालले शनिबार कुवेतको सामना गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us