ओलीले भने, ‘मलाई तानाशाह भन्नेलाई ज्ञान होस् , मेरो जन्म नै तानाशाहीविरुद्ध’

काठमाण्डु टुडे २०७१ असोज १० गते ११:०१ मा प्रकाशित

काठमाण्डु, १० असोज – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्तिको अन्त्य भएको बताएका छन् । कोही तानाशाही बन्न खोजे त्यसको राजनीतिक भविष्य समाप्त हुने घोषणा गरेका छन् ।

kp oliयुवा संघ नेपाल बालकोटले शुक्रबार आयोजना गरेको विजयादशमीको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा उनले भने, ‘पार्टीभित्र भागबण्डा गर्दै हिँड्ने एमाले संयुक्त मोर्चा होइन, न त स्वेच्छाचारी पार्टी नै हो, एमाले राष्ट्रको परिवर्तन गर्ने, राष्ट्र हाँक्ने पार्टी हो, यो भागबण्डा गरेर अगाडि बढ्दैन ।’

तानाशाही रुपमा अघि बढेको भन्ने माधवकुमार नेपाल पक्षको आरोपप्रति लक्ष्यित गर्दै उनले पार्टीभित्रको कुनै तानाशाहलाई बाँकी नराख्ने बताए । उनले भने- ‘मेरो जन्म नै तानाशाहविरुद्ध लड्न भएको हो, देशको तानाशाह होस् वा पार्टीको तानाशाह, यस विरुद्ध म लड्छु ।’

कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले देशभर एक परिवार एक उत्पादनको नीति लागू गर्ने बताउँदै स्थानीयस्तरको उत्पादनलाई प्राथमिकता दिएर मन्त्रालय अगाडि बढ्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us