प्रस्तावित प्रधानन्यायाधीश साहको सुनुवाई स्थगित

काठमाण्डु टुडे २०७१ असोज १० गते ११:१० मा प्रकाशित

काठमाण्डु, १० असोज–  प्रस्तावित प्रधान्यायाधीश रामकुमारप्रसाद साहको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवार्इ स्थगित भएको छ ।

ramkumar psd saha
काँग्रेस नेता एवम् पूर्वमन्त्री सिद्धराज ओझाको निधनका कारण सुनुवाइ स्थगित भएको हो । शुक्रबार बिहान ८ बजे समितिको बैठक बोलाइएको थियो ।

सुनवाइका लागि अर्को मिति तोकिएको छैन । संवैधानिक परिषदले गत भदौ २७ गते सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश साहलाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो ।
उमेर हदका कारण वर्तमान प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले यही असोज २३ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us