निकुञ्ज कर्मचारीमाथि सात गोली

काठमाण्डु टुडे २०७१ असोज १० गते १२:५० मा प्रकाशित

चितवन, १० असोज– चितवन राष्ट्रिय निकुञ्मा हत्या गरिएका संरक्षणकर्मी शेषचन्द्र चौधरीलाई सात गोली हानिएको पुष्टि भएको छ ।

माडीस्थित निकुञ्जको जङ्गलमा हतियार धारी समूहको आक्रमणमा चौधरीको बिहीबार ज्यान गएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले उनको शरीरमा सात गोलीसँगै धारिलो हतियारसमेत प्रहार भएको जानकारी दिए ।

सहायक संरक्षण अधिकृत थपलियाद्वारा जारी विज्ञप्तिमा चितवनको रत्ननगर निवासी निकुञ्जका सिनियर गेमस्काउट  चौधरीको बायाँ पेटमा तीन, भुँडीमा एक, ढाडको दाहिने भागमा दुई र दायाँ कुममा एक गरी सात गोली र अनुहारको दुई ठाउँमा धारिलो हतियार प्रहार भएको अनुसन्धानमा पाइएको जनाइएको छ।

निकुञ्जका तर्फबाट थपलियाले शुक्रबार जारी गरेको विज्ञप्तिमा चितवन रत्ननगर निवासी चौधरीको बायाँ पेटमा तीन, भुँडीमा एक, ढाडको दाहिने भागमा दुई र दायाँ कुममा एक गरी सात गोली र अनुहारको दुई ठाउँमा धारिलो हतियार प्रहार भएको उल्लेख छ ।

निकुञ्जले घटनाबाट हतोत्साहित नहुन र संरक्षण कार्यमा तप कडाइ गर्न आफ्ना कर्मचारीसँग अपिल गरेको छ । ना २६ प ८८० नम्बरको मोटरसाइकलमा निकुञ्जको माडीबगई सेक्टरबाट दिपानगर पोस्टतर्फ जाने क्रममा बिहीबार बिहान चौधरीमाथि गोली प्रहार भएको थियो ।

यसैबीच चितवन प्रहरीले घटनामा संलग्न समूहको पहिचान भइसकेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us