राजेन्द्र महतो भन्छन्, ‘ मधेसलाई मुलुकबाट अलग्याउने प्रक्रिया सुरु’

काठमाण्डु टुडे २०७१ असोज १० गते ८:५२ मा प्रकाशित

काठमाण्डु, १० असोज– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले सिके राउतलाई पक्राउ गरेर मधेसलाई मुलुकबाट अलग गराउन खोजेको आरोप लगाएका छन् । rajendra mahatoमहतोले राउतलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारले नै मुलुक टुक्राउने राउतको एजेण्डातर्फ मधेसलाई धकेल्ने प्रयास गरेको आरोप लगाएका हुन् । संघीयता र अधिकार सम्पन्न स्वायत्त मधेस–प्रदेशको एजेण्डालाई ओझेलमा पार्न राउतलाई पक्राउ गरिएको उनको भनाइ छ ।

महतोले संक्रमणकालिन अवस्थामा थरिथरिका विचार आउनु स्वभाविक रहेको भन्दै महतोले राउतले केही विचार दिँदैमा उनलाई पक्राउ गर्न जरुरी नरहेको जिकिर गरेका छन् ।

‘सविंधान निर्माणका बेलामा विभिन्न थरिका सविधानविपरित विचारहरु आइरहँदा कसैलाई पनि कुनै खालको कारबाही नगरिनु तर राउतलाई गिरफतार गरी राज्यद्रोहलगायतका मुद्दा चलाउने तयारी गरिनुबाट दुईवटा कुरा प्रष्ट भएको छ’ , महतोले भनेका छन्, ‘सघीयता र अधिकार सम्पन्न स्वायत मधेश प्रदेशको एजेण्डालाई ओझेलमा पार्नु र दुई मुलुक टुक्राउने राउतको एजेण्डातर्फ मधेसलाई धकेल्न प्रयास गरिनु ।’

सैबीच संघीय लोकतान्त्रिक गठबन्धनले कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमलाई भेटी राउतलाई रिहा गर्न माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us