समाचार

प्रहरीको गोलीबाट एकको मृत्यु, दुई घाइते

२०७१ असोज २५ गते ८:१८

बारा, २५ असोज– बाराको हरिहरपुरमा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ । हरिहरपुर महादेवस्थानमा स्थानीयसँगको झडपमा प्रहरीले गोली चलाएको हो । गोली लागी हरिहरपुर नैकाटोलका ४२ वर्षीय जयनारायण पटेलको मृत्यु भएको हो । पटेको छातीमा छातिमा गोली लागेको छ । यस्तै हरिहरपुर–५...

६ वा ७ प्रदेश बनाउनु पर्ने काँग्रेसको प्रस्ताव

२०७१ असोज २५ गते ७:३६

काठमाण्डु, २५ असोज–  नेपाली काँग्रेसले भावी संविधानमा ६ वा ७ प्रदेश बनाउने प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको संसदीय दल र सभासद नरहेका केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले पहाडमा तीनदेखि चार र तराईमा तीन प्रदेश बनाउने प्रस्ताव संवैधानिक राजनीतिक तथा...

आज कण्डम दिवस, कण्डम निशु:ल्क बाँडिदै

२०७१ असोज २५ गते ५:४६

काठमाण्डु, २५ असोज– २० औं राष्ट्रिय कण्डम दिवस आज राजधानीसहित देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यस वर्षको नारा ‘दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयसहित यौनरोग, प्रजनन स्वास्थ्य र परिवार नियोजनको क्षेत्रमा कार्यरत...

राजेश पायल भन्छन्, ‘को हाे अमिर खान ?’

२०७१ असोज २५ गते ५:१६

काठमाण्डु– युनिसेफले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई हेपाहा व्यवहार गरेकोप्रति गायक राजेशपायल राईले आक्रोश पोखेका छन् । उनले शुक्रबार आफ्नो फेसबुकमार्फत फिल्म र राष्ट्रियता दुई फरक/फरक विषय भएको भन्दै आयोजकप्रति रोष व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘को आमिर खान ?’...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

२०७१ असोज २५ गते ४:३६

भक्तपुर, २५ असोज– भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गएराति एक जनाको ज्यान गएको छ । बा ५० प ३६६२ नम्बरको मोटरसाइकलले ठिमी राधेराधे अगाडि  ठक्कर दिँदा पैदलयात्री पर्सा शान्तिनगर– ८ घर भई राधेराधेमा डेरा गरी बस्ने किसान पासवानको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका...

आज एनआरएन डे

२०७१ असोज २५ गते ४:२९

काठमाण्ड, २५ असोज– गैरआवासीय नेपाली संघ एनअरएनले आज विभिन्न कार्यक्रमका साथ आफ्नो स्थापना दिवस मनाउँदैछ । एनआरएन डे को शनिबार प्रधानमन्त्री सुशील कोइरालाले होटल याक एण्ड यतीमा उद्घाटन गर्ने कार्यक्रम छ । सरकारले अक्टुबर ११ लाई एनआरएनडे घोषणा गरेपछि हरेक अक्टुबर ११ तारिखमा गैरआवासीय...

पारसलाई यस्तो हालतमा पुर्‍याउने को– को ?

२०७१ असोज २५ गते ३:५२

काठमाण्डु, २५ असोज– पूर्वयुवराज पारस शाहको पछिल्लो पक्राउमा धेरथोर दोष निर्मल निवासको पनि देखिन्छ । पारसका कमजोरीबारे सबैभन्दा बढी जानकार भएर पनि निर्मल निवासले उनलाई नेपाल आउन स्वीकृति दिएको छैन । र, एक्लै थाइल्यान्डमा छोडिदिएको छ, जहाँ रक्सी र गाँजा खाएपछि सम्पूर्ण होस गुमाउने...

पश्चिम अफ्रिकाबाट युरोप पस्यो इबोला, स्पेनमा संकटकाल

२०७१ असोज २५ गते ३:३३

काठमाण्डु, २५ असोज– इबोला भाइरसको संक्रमण फेला परेपछि युरोपियन मुलुक स्पेनमा संकटकाल घोषणा गरिएको छ । रोगको पहिचान र नियन्त्रणमा सहजता हुने भन्दै सरकारले संकटकाल घोषणा गरेको हो । इबोला संक्रमति नाइजेरियामा उपचारमा संलग्न एक नर्समा पनि इबोला संक्रमण देखिएको र उनको उपचार भइरहेको...

काठमाण्डुमा १७ तले होटलको उदघाटन हुँदै

२०७१ असोज २५ गते ३:२४

काठमाण्डु, २५ असोज–एमआईटी ग्रुप होल्डिङसले बनाउन लागेको पाँचतारे लक्जरी सेराटन होटलको आज शिलान्यास हुँदैछ । गैरआवासीय नेपाली संघ, एनआरएन अध्यक्ष शेष घलेको लगानी रहने उक्त होटलको प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्ने कार्यक्रम छ । होटल निर्माणमा करिब ८ अर्ब रुपैयाँ खर्च हुने घलेले बताएका...

आज विश्व बालिका दिवस

२०७१ असोज २५ गते ३:१२

काठमाण्डु, २५ असोज– विश्व बालिका दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष संसारभर अक्टुबर ११ तारिखका दिन सो दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा  ‘बालिकाहरू सशक्त बनाऔँ बालिकामाथि हुने हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको...

प्रचण्डले बोलाए उच्चस्तरीय समितिको पहिलो बैठक

२०७१ असोज २५ गते ३:०२

काठमाण्डु, २५ असोज– उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक आज बस्दैछ । समिति संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचाण्ड’ ले दिउँसो चार बजेका लागि समिति बैठक डाकेका हुन् । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सघाउने उद्देश्यका साथ दलहरुबीच केही दिनअघि समिसि गठनको सहमति...

२२ दलको जुलुसमा किन गएनन् प्रचण्ड ?

२०७१ असोज २५ गते २:४३

काठमाण्डु, २५ असोज– एकीकृत माओवादीसहित पहिचानसहितको संघीयता पक्षधर २२ दलले शुक्रबार राजधानीमा दबाब र्यायली प्रदर्शन गरेका छन् । सत्तारुढ कांग्रेस–एमाले पहिचानसहितको संघीयता छाडेर संविधान बनाउन उद्यत रहेको भन्दै त्यसविरुद्ध घोषित विरोध र्या लीमा प्रमुख दल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी भएनन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us