आज कण्डम दिवस, कण्डम निशु:ल्क बाँडिदै

काठमाण्डु टुडे २०७१ असोज २५ गते ५:४६ मा प्रकाशित

condomकाठमाण्डु, २५ असोज– २० औं राष्ट्रिय कण्डम दिवस आज राजधानीसहित देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसको यस वर्षको नारा ‘दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयसहित यौनरोग, प्रजनन स्वास्थ्य र परिवार नियोजनको क्षेत्रमा कार्यरत गसंघसंस्थाले विविधि कार्यक्रम गर्दैछन् । कार्यक्रममा कण्डम निशुल्क वितरण गरिँदैछ ।

कण्डम प्रयोगबाट हुने फाइदा र प्रयोग गर्ने तरिकालगायत विषयमा जानकारी दिने  उद्देश्यले कोजाग्रत पूणिर्मापछिको पहिलो शनिबार कण्डम दिवस मनाउँदै आइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us