समाचार

बारा सिम्रौनगढ क्षेत्रमा निषेधाज्ञा जारी

२०७१ असोज २६ गते ६:५५

बारा, २६ असाेज –   सिम्रौनगढ जोड्ने २५ किमि गण्डक नहरको कच्ची सडक मर्मत गर्नुपर्ने माग गर्दै आन्दोलित स्थानीयको शनिबार प्रहरीको गोली लागि मृत्यु भएपछि त्यस क्षेत्रको स्थिति अहिले पनि भयग्रस्त छ । सहमतिका लागि स्थानीय नेता, सर्वसाधारण र प्रहरी छलफल गरिरहेका छन् ।...

प्रधानमन्त्री र भारतीय पूर्वमन्त्रीबीच भेट

२०७१ असोज २६ गते ६:३०

काठमाण्डु, २६ असोज– भारतका संघीय मामलासम्बन्धी पूर्वमन्त्री भिष्मनारायण सिंहले प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान भएको भेटमा सिंहले नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान लेखन प्रक्रियाबारे चासो राखेका थिए । उनी भारतीय कांग्रेस पार्टीका नेता सिंहले आफूहरु प्रधानमन्त्री कोइरालाकै नेतृत्वमा...

खुमबहादुरको मोर्चालाई राप्रपा नेपालमा गाभ्ने कमल थापाको योजना

२०७१ असोज २६ गते ६:१६

काठमाण्डु, २६ असोज– राप्रपा नेपालले नेपाललाई पुन: हिन्दू राष्ट्र कायम गराउन भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पहिलो चरणको अन्दोलन कार्यक्रम तय गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले काठमाण्डु टुडेलाई बताए । बैठकमा आगामी कात्तिक ४ गते हिन्दू...

भैंसीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

२०७१ असोज २६ गते ५:४९

काठमाण्डु, २६ असोज– विराटनगरको जतुवामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१६ का सरोज खनाल रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।  प्रहरी निरीक्षक ओमप्रकाश खानाका उनका अनुसार विगराटनगरबाट रानीतर्फ जाँदै गर्दा सडकमा बाँधेर राखिएको भैंसीमा ठोक्किएर गम्भीर...

सौर्य उर्जा प्रयोग गरी खानेपानी आयोजना

२०७१ असोज २६ गते ३:५५

दाङ, २६ असोज– दाङ हलवार गाविसको विकट बस्ती खुमखानीमा विदेशी सहयोगमा सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ । हलवार गाविस–६ मा एक करोड २५ लाख रुपैयाँको लागतमा आयोजना निर्माण कार्य सम्पन्न भएको हो । खानेपानी आयोजना निर्माण समिति संयोजक फत्तेबहादुर थापाले काजुरी, ब्रिटिस...

भाइको मोबाइल चोरेको आरोपमा दाजुको हत्या

२०७१ असोज २६ गते ३:५०

सिन्धुपाल्चोक, २६ असोज– सिन्धुपाल्चोक सिन्धुकोट– ४ का ४४ वर्षीय गोपालबहादुर सार्कीको कुटपिटबाट मृत्यु भएको छ । आफ्नै भाइको मोबाइल चोरेको आरोपमा आफन्तबाट कुटिएर गम्भीर घाइते भएका सार्कीको काठमाण्डुस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । गत १९ असोमा भाइ कुमारबहादुर सार्कीको मोबाइल...

विदेशबाट फर्किएको भोलिपल्टै मृत भेटिए युवक

२०७१ असोज २६ गते ३:०१

काठमाण्डु, असोज– बहराइनबाट फर्किएको भोलिपल्टै धनकुटाका एक युवक होटेलमा मृत फेला परेका छन् । बिहीबार नेपाल फर्किएका रेवत पौडेलको घाँटी रेटिएको अवस्थामा शुक्रबार सुन्धाराको भारत गेस्ट हाउसमा शव भेटिएको हो । शव ब्लेडले घाँटी रेटिएको अवस्थामा फेला परेको हो । धनकुटा चानुवा–५ घर भएका...

पारस बैंककमा पक्राउ परेपछि राजावादी निराश

२०७१ असोज २६ गते २:५३

काठमाण्डु, २६ असोज– गाँजा सेवनको अभियोगमा बैंककमा पारस पक्राउ परेपछि राजावादीहरु निराश भएका छन् । फोटोमा गँजडीजस्तै रुप पारसको देखेपछि उनीहरु खिन्न बनेका हुन् । ‘हामीले राजा–राजा भन्यौं,राजतन्त्र फर्काउन संघर्ष पनि गर्यौ । तर जसका लागि यति गर्यौ, उसैको हालत त्यस्तो रहेछ’राप्रपा नेपालका एक...

रोग लुकाउँछन् एचआइभी संक्रमित

२०७१ असोज २६ गते २:४३

इलाम, २५ असोज- एचआइभी संक्रमित स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको पाइएको छ । जिल्लामा अहिलेसम्म आठजना संक्रमित मात्र जनस्वास्थ्य कार्यालय र मातहतका स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन् । असुरक्षित यौनसम्पर्क, लागुऔषध दुव्र्यसन आदिको पोल खुल्ने डरले संक्रमितहरू सम्पर्कमा नआएको कार्यालयको भनाइ छ । ‘अझै...

सडक बनाउन माग गर्दा गाेली प्रहार

२०७१ असोज २६ गते २:३९

सिमरा, २६ असोज- सडक मर्मतको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा बाराको हरिहरपुरमा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर छन् । गोली लागेर हरिहरपुर–६ का जयनारायण पटेलको मृत्यु भएको हो । गम्भीर घाइते साह महम्मदको वीरगन्जमा उपचार हुन नसकेपछि शनिबारै...

उपचार नपाउँदा बालकको झाडा पखालाबाट मृत्यु

२०७१ असोज २६ गते २:३०

रौतहट, २६ असोज– झाडापखालाबाट रौतहटमा एक बालकको ज्यान गएको छ । जिल्लाको सीतलपुर–५ का रामपुकार यादवका छोरा नौ वर्षीय रामेश्वर यादवको झाडापखालाबाट मृत्यु भएको हो । दुई दिनअघि झाडा पखाला भएपछि परिवारले उपचारका लागि बालकलाई स्थानीय स्वास्थ्य संस्था लगेको थियो । उनको उपचारका क्रममा...

हिजो स्थगित उच्चस्तरीय समितिको बैठक आज

२०७१ असोज २६ गते २:२४

काठमाण्डु, २६ असोज– प्रमुख दलहरुद्वारा गठित उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक आज बस्दैछ  । यसअघि हिजो बस्ने भनिएको बैठक समिति संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बैठकको समय भने तय भइनसकेको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us