उपचार नपाउँदा बालकको झाडा पखालाबाट मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २६ गते २:३० मा प्रकाशित

रौतहट, २६ असोज– झाडापखालाबाट रौतहटमा एक बालकको ज्यान गएको छ ।
जिल्लाको सीतलपुर–५ का रामपुकार यादवका छोरा नौ वर्षीय रामेश्वर यादवको झाडापखालाबाट मृत्यु भएको हो । दुई दिनअघि झाडा पखाला भएपछि परिवारले उपचारका लागि बालकलाई स्थानीय स्वास्थ्य संस्था लगेको थियो ।
उनको उपचारका क्रममा शनिबार राति निधन भएको हो । समयमै उपचार हुन नसक्दा बालकको मृत्यु भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us