काठमाण्डु, २७ असोज– भारत सरकारले आतंककारीद्वारा नेपालका महत्वपूर्ण नेताको हत्या हुन सक्ने सूचना नेपाल सरकारलाई दिएको छ । काठमाण्डुस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने उल्लेख छ । १८ दिनअघि अर्थात् २४ सेप्टेम्बर २०१४...
काठमाण्डु, २७ असोज– पूर्वयुवराज पारस शाह पक्राउको घटनामा उनकी थाई प्रेमिका कनिका चान्साईको भूमिका शंकास्पद देखिएको छ । आर्थिक लाभ लिने उद्देश्यले उनले पारसलाई योजनावद्ध रुपमा फसाएको अनुमान गरिएको छ । थाइल्यान्डमा रहेका पारसका नेपाली साथीहरुका अनुसार पारसलाई पक्राउ गर्ने प्रहरी र कनिकाबीच चिनजान...
काठमाण्डु, २६ असोज– राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा र युवा टिमका कप्तान विमल घर्तीमगरसहितका खेलाडी एन्फा अध्यक्ष गणेश थापामाथि संसदको सार्वजनिक लेखा समितिले गरेको कारबाहीको विपक्षमा उभिएका छन् । उनीहरुले खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राखेपका सदस्यसचिव युवराज लामालाई ज्ञापनपत्र बुझाउँदै थापासहित एन्फा पदाधिकारीमाथि...
काठमाण्डु, २६ असोज– संविधानका विवादित विषयमा छलफल गर्न आइतबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईको पहलमा सिंहदरबारमा बसेको बैठकमा राज्य पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे छलफल भएको थियो ।...
काठमाण्डु, २६ असोज – उच्चमाध्यमिक विद्यालय संघ हिसान महासचिव युवराज शर्मालाई लेनदेनसम्बन्धी कारोबारको विवादमा महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले हिरासतमा लिएको छ । शर्मा मध्यबानेश्वरस्थित हृवाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक पनि रहेका छन् । मीनभवनस्थित हृवाइट गोल्ड कलेजको स्वामित्व खरिद गर्ने सहमतिअनुसार केही पूर्वसञ्चालकले...
काठमाण्डु, २६ असोज – गृह मन्त्रालयले गएको साउन ३२ गतेदेखि मुलुकका विभिन्न भूगोल तथा नदी तट क्षेत्रमा गएको बाढी र पहिरोका कारण करिब १९ अर्ब रुपैयाँ क्षति भएको जनाएको छ। सिन्धुपाल्चोकको जुरे, सुर्खेत, बर्दियालगायतका स्थानमा बाढी पहिरो गएको थियो र यो ७० वर्षयताकै ठूलो...
मोरङ, २६ असोज – भतिजीलाई जवरजस्ती करणी गरेको अभियोगमा काकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केरावारी–६ का २१ बर्षीय शम्भु विक हुन् । विकले आइतबार बिहान घरमा कोही नभएको अवस्थामा ६ बर्षीया भतिजीलाई जवरजस्ती करणी गरेको बताइएको छ । सो घटनाको खबर...
काठमाण्डु, २६ असोज – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सञ्चारकर्मीलाई घरमा आनन्दसँग सुत्न आग्रह गरेका छन् । नेता नेपालले प्रमुख तीन दलको बैठकमा समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई तीन दिनसम्म घर गएर सुत्न सुझाएका हुन् । सिंहदरवारमा बसेको कांग्रेस, एमाले र एमाओवादीबीचको संविधानका विवादित...
झापा, २६ असोज – पैसा कमाउने लोभमा बालबालिकालाई भारतमा लगेर बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । तीन महिनामा ३० बालबालिकालाई भारतमा लगेर बेच्ने गिरोहकी झापा जलथल – ८ की पूजा पोखरेलले पैसाका लागि ३० जना बालबालिका भारत लगेर बेचेको स्वीकार गरेकी छन् ।...
सुनसरी, २६ असोज – एमाले उपाध्यक्ष एवम् अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष विद्यादेवी भण्डारीले विभिन्न बहानामा संविधान जारी नगरी देशलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने बताएकी छन् । आइतबार सुनसरीको खनरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेत्री भण्डारीले आगामी माघ ८...
काठमाण्डु, २६ असोज – उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले बारा गोलीकाण्डमा प्रहरीले सुरक्षाका निम्ति प्रहरीले गोली चलाएको बताएका छन् । आँखा फुटाउने तथा हात भाँच्ने प्रयास भएपछि प्रहरी गोली चलाउन बाध्य भएको व्यवस्थापिका संसदको बैठकमा जानकारी गराएका छन् । व्यवस्थापिका संसदको आइतबारको बैठक सुरु...
दाङ, २६ असोज – राष्ट्रिय जनावर गाई मार्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ जिल्ला प्रहरी कार्यालयले सैघा गाविस- ७ नयाँबस्तीका ४३ वर्षीय माघे पुनलाई गाई मारेको अभियोगमा नियन्त्रणमा लिएको हो । बारीमा पसेको गाईलाई फरुवाले हानेर मारेको उनीमाथि अभियोग लागेको छ । पुनलाई...