तीन दल बैठकबाट बीचैमा किन बाहिरिए एमाओवादी नेता ?

काठमाण्डु टुडे २०७१ असोज २६ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २६ असोज– संविधानका विवादित विषयमा छलफल गर्न आइतबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ ।

maoist flag
संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईको पहलमा सिंहदरबारमा बसेको बैठकमा राज्य पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे छलफल भएको थियो ।

बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवादित विषयमा छलफल भए पनि टुंगोमा नपुगिएको बताए ‘राज्य पुनार्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे सबै कोणबाट छलफल भयो’, उनले भने, ‘अझै छिचोलिएर छलफल हुन बाँकी छ ।’

समिति सभापति भट्टराईले सबै दलका धारणाबारे छलफल भएको बताए । सबै दल वार्तामा लचिलो भएको उनको भनाइ थियो । एमाओवादी नेताहरु भने बैठक जारी रहेका बेला बीचैमा हिंडेका थिए ।

एमाओवादी नेताहरु हिंडेपछि पनि सत्तारुढ काँग्रेस–एमालेको नेताबीच भने छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us