दाङ, २६ असोज – राष्ट्रिय जनावर गाई मार्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ जिल्ला प्रहरी कार्यालयले सैघा गाविस- ७ नयाँबस्तीका ४३ वर्षीय माघे पुनलाई गाई मारेको अभियोगमा नियन्त्रणमा लिएको हो ।
बारीमा पसेको गाईलाई फरुवाले हानेर मारेको उनीमाथि अभियोग लागेको छ ।
पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बद्रिप्रसाद ढकालले जानकारी दिए । बयानका लागि सोमबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराउने उनले बताए ।
पुनले मासु खानका लागि गाई मारेको प्रहरीमा बयान दिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले जानकारी दिए ।
मुलुकी ऐनको चौपाया महलमा जानेरै गाई मारेको अवस्थामा १२ बर्ष जेल सजाय हुने उल्लेख छ ।