भाइको मोबाइल चोरेको आरोपमा दाजुको हत्या

काठमाण्डु टुडे २०७१ असोज २६ गते ३:५० मा प्रकाशित

सिन्धुपाल्चोक, २६ असोज– सिन्धुपाल्चोक सिन्धुकोट– ४ का ४४ वर्षीय गोपालबहादुर सार्कीको कुटपिटबाट मृत्यु भएको छ ।
आफ्नै भाइको मोबाइल चोरेको आरोपमा आफन्तबाट कुटिएर गम्भीर घाइते भएका सार्कीको काठमाण्डुस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

गत १९ असोमा भाइ कुमारबहादुर सार्कीको मोबाइल चोरेको आरोपमा उनलाई  फुपु दिदीका छोरा छोरा कृष्णबहादुर सार्कीले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । यसैबीच कुटपटमा संलग्न कृष्णबहादुरलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us