भैंसीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २६ गते ५:४९ मा प्रकाशित

काठमाण्डु, २६ असोज– विराटनगरको जतुवामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–१६ का सरोज खनाल रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।  प्रहरी निरीक्षक ओमप्रकाश खानाका उनका अनुसार विगराटनगरबाट रानीतर्फ जाँदै गर्दा सडकमा बाँधेर राखिएको भैंसीमा ठोक्किएर गम्भीर घाइते भएका खनालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us