प्रधानमन्त्री र भारतीय पूर्वमन्त्रीबीच भेट

काठमाण्डु टुडे २०७१ असोज २६ गते ६:३० मा प्रकाशित

काठमाण्डु, २६ असोज– भारतका संघीय मामलासम्बन्धी पूर्वमन्त्री भिष्मनारायण सिंहले प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेका छन् ।

आइतबार बिहान भएको भेटमा सिंहले नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान लेखन प्रक्रियाबारे चासो राखेका थिए ।

उनी भारतीय कांग्रेस पार्टीका नेता सिंहले आफूहरु प्रधानमन्त्री कोइरालाकै नेतृत्वमा नेपालले नयाँ संविधान पाउने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us