प्रचण्डले बोलाए उच्चस्तरीय समितिको पहिलो बैठक

काठमाण्डु टुडे २०७१ असोज २५ गते ३:०२ मा प्रकाशित

काठमाण्डु, २५ असोज– उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक आज बस्दैछ ।
PushpaKamalDahalPrachandaसमिति संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचाण्ड’ ले दिउँसो चार बजेका लागि समिति बैठक डाकेका हुन् ।

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सघाउने उद्देश्यका साथ दलहरुबीच केही दिनअघि समिसि गठनको सहमति भएको थियो । आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार प्रचण्डले पहिलोपटक दुई महिना समितिको संयोजन गर्नेछन् ।
समितिमा कांग्रेस, एमाले र एमाओवादीका तीन–तीन जना तथा मधेसवादी दलका तीन, राप्रपा, माले र अन्य साना दलका तर्फबाट एक–एक जना रहनेछन् ।

दलहरुबीच गत २२ असोजमा उच्चस्तरीय राजनीतिक समिति गठनसहित पाँचबुँदे सहमति भएपछि व्यवस्थापिका संसदको ४० दिन लामो अवरोध हटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us