काठमाण्डुमा १७ तले होटलको उदघाटन हुँदै

काठमाण्डु टुडे २०७१ असोज २५ गते ३:२४ मा प्रकाशित

काठमाण्डु, २५ असोज–एमआईटी ग्रुप होल्डिङसले बनाउन लागेको पाँचतारे लक्जरी सेराटन होटलको आज शिलान्यास हुँदैछ ।
गैरआवासीय नेपाली संघ, एनआरएन अध्यक्ष शेष घलेको लगानी रहने उक्त होटलको प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्ने कार्यक्रम छ ।

होटल निर्माणमा करिब ८ अर्ब रुपैयाँ खर्च हुने घलेले बताएका छन् ।  १७ तले उक्त होटल २०१८ को फेब्रुअरीबाट सन्चालन गर्ने लक्ष्य कम्पनीको छ । होटल सन्चालनमा आएपछि यसबाट नाफा कमाउन १५ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण छ । होटलमा २ तला पार्किङ, बेसमेन्ट, लबीसहित १३ वटा तलामा गेष्टरुम हुने कम्पनीले जनाएको छ । होटलको मुख्य आर्कषण एक हजार सिट क्षमताको सभाकक्ष हुने घलेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us