भक्तपुर, २५ असोज– भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गएराति एक जनाको ज्यान गएको छ ।
बा ५० प ३६६२ नम्बरको मोटरसाइकलले ठिमी राधेराधे अगाडि ठक्कर दिँदा पैदलयात्री पर्सा शान्तिनगर– ८ घर भई राधेराधेमा डेरा गरी बस्ने किसान पासवानको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका पासवानको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक दिपेश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।