प्रहरीको गोलीबाट एकको मृत्यु, दुई घाइते

काठमाण्डु टुडे २०७१ असोज २५ गते ८:१८ मा प्रकाशित

बारा, २५ असोज– बाराको हरिहरपुरमा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ ।
हरिहरपुर महादेवस्थानमा स्थानीयसँगको झडपमा प्रहरीले गोली चलाएको हो । गोली लागी हरिहरपुर नैकाटोलका ४२ वर्षीय जयनारायण पटेलको मृत्यु भएको हो । पटेको छातीमा छातिमा गोली लागेको छ ।

यस्तै हरिहरपुर–५ का २८ वर्षीय साह मोहम्मद र अमृतगञ्ज–३ का २३ वर्षीय नागेश्वर साह गोली लागी घाइते भएका छन् । घाइतेको सिम्रौनगढस्थित कनकाली पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

घटनापछि आक्रोशित स्थानीयले सिम्रौनग इलाका प्रहरी कार्यालय अगाडि शव राखेर प्रदर्शन गरिरहेका छन् ।
यसैबीच स्थिति नियन्त्रणबाहिर जाने खतरा बढेपछि स् प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले सिम्रौनगढ आसपास क्षेत्रमा २ बजेदेखि ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us