२२ दलको जुलुसमा किन गएनन् प्रचण्ड ?

काठमाण्डु टुडे २०७१ असोज २५ गते २:४३ मा प्रकाशित

prachandaकाठमाण्डु, २५ असोज– एकीकृत माओवादीसहित पहिचानसहितको संघीयता पक्षधर २२ दलले शुक्रबार राजधानीमा दबाब र्यायली प्रदर्शन गरेका छन् ।

सत्तारुढ कांग्रेस–एमाले पहिचानसहितको संघीयता छाडेर संविधान बनाउन उद्यत रहेको भन्दै त्यसविरुद्ध घोषित विरोध र्या लीमा प्रमुख दल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी भएनन् । अन्य दलका शीर्ष नेता सहभागी भए पनि सम्बोधन भने गरेनन् ।
विरोध कार्यक्रम घोषणालगत्तै तीन प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीबीच पाँचबुँदे सहमति भएकाले सहभागी उल्लेख्य थिएनन् । २२ दलले गत असोज २० गते पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका थिए ।

शुक्रबार पहिलो दिनकै कार्यक्रममा दाहाल अनुपस्थित भए । पाँचबुँदेअनुसार गठन हुने राजनीतिक समितिमा पहिलो दुई महिना दाहाललाई नेतृत्व दिने सहमति छ।
शुक्रबारै आफ्नो निर्वाचन क्षेत्र सिरहा पुगेका उनले त्यहाँ आयोजित कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराए । विरोध र्याआलीमा एमाओवादीबाट महासचिव कृष्णबहादुर महराले नेतृत्व गरेका थिए ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us