काठमाण्डु, २७ कात्तिक – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनका क्रममा हुने सम्झौताहरुका लागि सरकारले परराष्ट्र मन्त्रीलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहिबारको बैठकले सार्कको काठमाण्डु शिखर सम्मेलनमा हुने सम्झौता तयारीका लागि परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई अख्तियारी दिने निर्णय...
पोखरा, २७ कात्तिक – जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले पोखरा र लेखनाथका आसपासमा लागुऔषधको बिक्री वितरण गर्ने पाँचजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा लेखनाथ–१३ का महेन्द्र बानियाँ, पोखरा–१७ छोरेपाटनका रविन शाही, लामाचौर गाविस–३ बस्ने सञ्जय हितान र आशिष गैरे...
काठमाण्डु, २७ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले दण्डहीनता गर्ने जोकोही पनि कानुनबाट उम्कन नसक्ने बताएका छन् । एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाको बिहिबार ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले सशस्त्र युद्धकालमा भएका मानव अधिकार विरोधी घटनालाई पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले माफी दिन नमिल्ने...
काठमाण्डु, २७ कात्तिक – गत महिना उपचारका लागि अमेरिका गएका एमाले वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ्य भई यही कात्तिक २९ गते शनिबार स्वदेश फर्कने भएका छन् । नेता खनाल अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा पिसाब नलीमा देखिएको समस्याको उपचारपछि स्वस्थ्य भएका स्वकीय...
काठमाण्डु, २७ कात्तिक – आसन्न १८ औं सार्क सम्मेलनका लागि काठमाण्डु उपत्यकामा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ९, १०, ११ गते बिदा दिने निर्णय गरेको हो । सार्क शिखर सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र...
काठमाण्डु, २७ कात्तिक– प्रेमी गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को प्रहरी इन्काण्टरमा मृत्यु भएपछि एकाएक चर्चामा आएकी पूर्वमोडल खुश्वु ओलीलाई बेलायतले भिसाको म्याद थप गर्न अस्वीकार गरेको छ । चरीको नियोजित हत्या गरेको भन्दै प्रहरीविरुद्ध सञ्चार माध्यममा उत्तेजक अभिव्यक्ति दिँदै आएकी खुश्बु केही समयदेखि...
काठमाण्डु, २७ कात्तिक– एकीकृत नेकपा (माओवादी)का उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बिहीबार दिउँसो संयुक्त पत्रकार भेटघाट गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिबाट भागेर रोल्पा नगएको बताएका छन् । संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति समेत रहेका भट्टराईको निवास सानेपामा भएको भेटघाटमा...
काठमाण्डु, २७ कात्तिक – नेपाली काँग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको ठाडो निर्देशनमा पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित भएकोमा विद्यार्थीहरुले घोर आपत्ति जनाएका छन् । बिहिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विधार्थीहरुले पार्टी नेतृत्वले आफ्ना उम्मेदवारहरुले चुनाव नजित्ने भएका...
गौशाला, २७ कात्तिक – महोत्तरी जिल्लाको गौशालास्थित सहयोगी विकास बैंकको ५० लाख लुट्ने डकैती गिरोहका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको फुल्काहा गाविस–८ बस्ने ३६ वर्षीय प्रमोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको...
विराटनगर, २७ कात्तिक – सुनसरीको महेन्द्रनगर–३ मा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार बा १६ प १८६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय दीपक राईको मृत्यु भएको हो । दुर्घटनामा...
काठमाण्डु, २७ कात्तिक – उद्योगमन्त्री महेश बस्नेतले नेपालको औैद्योगिक क्रान्तिको जग बसाल्न नयाँ वैदेशिक लगानी नीति ल्याउने बताएका छन् । अर्थमन्त्रालयको असहयोगले केही दिन पर गएको भएपनि छिट्टै वैदेशिक नीति ल्याउने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरे । बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...
काठमाण्डु, २७ कात्तिक – काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन सातौं पटक पनि स्थगित भएको छ । बिहिबार बालुवाटारमा बसेको काँग्रेसको पदाधिकारी बैठकले सार्क सम्मेलनको कारण देखाउँदै स्थगन गरेको बुझिएको छ । पार्टीका सबै नेता तथा कार्यकर्ता सार्क सम्मेलनको तयारी व्यस्त रहनु परेकाले...