उर्लाबारी, २८ कात्तिक – सशस्त्र द्वन्द्वको समयदेखि नै मोरङको उर्लाबारी नगरपालिकाको भवनमा राखिएको सशस्त्र सुरक्षा बेस क्याम्प स्थानान्तरण गरिने भएको छ । स्थानीय बासिन्दाको अनुरोध पछि सशस्त्र सुरक्षा बेस क्याम्प उर्लाबारी–५ आइतबारेस्थित निरौला बन्धु समाजको जग्गामा स्थानान्तरण गर्न लागिएको हो । विगत पाँच वर्षदेखि...
काठमाण्डु, २८ कात्तिक– प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको तीन प्रमुख दलहरुको बैठकबाट दलहरु झन् टाढिएका छन् । बैठकमा दलहरुले आ–आफ्ना अडान प्रस्तुत गरेका थिए । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालले आफूहरुको सात प्रदेशको प्रस्ताव संविधान सभामा लैजान दिन एमाओवादीलाई आग्रह गरेका...
विराटनगर, २८ कात्तिक – एमाले नेता माधवकुमार नेपालले संविधान निर्माणका लागि राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा शुक्रबार बिहान विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसका लागि सबै दलहरुलाई लचकता अपनाउन र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गैरजिम्मेवारपूर्ण...
नुवाकोट, २८ कात्तिक – नेकपा–माओवादीभित्र केन्द्रमा देखिएको विवादको प्रभाव नुवाकोटमा पनि देखिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’को पक्षधरहरुले विदुर नगरपालिका सहित विभिन्न गाँउ विकास समितिहरुमा आक्रामक नारा लेख्दै हिंडेका छन् । नेकपा–माओवादीका कार्यकर्ताहरुले विदुर नगरपालिका भित्र बट्टार बसपार्क आसपाससहित विभिन्न स्थान र थानसिंहको छहरे,...
जाजरकोट, २८ कात्तिक – जिल्लामा मदिरा नियन्त्रणका क्रममा प्रहरीले ६ महिनामा सात हजार ५०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । तीन हजार ८०० लिटर जाँड, तीन हजार ७०० लिटर मदिरा र एक क्विन्टल नौ किलो मदिराजन्य औषधि नष्ट गरेको प्रहरीले जनाएको छ...
काठमाण्डु, २८ कात्तिक– प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाट फर्केपछि सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको बैठक बसेको हो । सत्तारुढ कांग्रेस र एमालले सात प्रदेशको संयुक्त प्रस्ताव सार्वजनिक गरेपछि सत्तारुढ दल...
काठमाण्डु, २८ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग रुष्ट भएका छन् । प्रचण्डले त्यसबारे सार्वजनिक रुपमा केही टिप्पणी गरेका छैनन् । तर उनका स्वकीय सचिव चुडामणि खड्काले उपाध्यक्ष श्रेष्ठप्रति फेसबुकमार्फत आपत्ति जनाएका छन् । खड्काले...
इलाम, २८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामका सामुदायिक विद्यालयका सबै शिक्षक शैक्षिक प्रमाणपत्र संकलन गर्न थालेको छ । अन्य जिल्लामा नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षक धमाधम भेटिन थालेपछि आयोगले जिशिकालाई पत्राचार गरी शिक्षकको प्रमाणपत्र माग गरेको हो । सरकारी अनुदानबाट तलब, भत्ता खाने...
काठमाण्डु, २८ कात्तिक– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कपिलवस्तुमा गरेको आफू पक्षधर कार्यकर्ताको राष्ट्रिय भेलाबारे गृह मन्त्रालयले चासो राखेको छ । गृहले विप्लवसहित सो समूहका नेता कार्यकर्तामाथि निगरानी बढाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बामदेव गौतमको ठाडो आदेशमा प्रहरीले उक्त...
काठमाण्डु, २८ कात्तिक– सरकारले दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाण्डुका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ । सामान्य प्रशासन मन्त्रालयले प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमलाई हटाएको छ । गौतमलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । निजामति कर्मचारीभित्र अतिरिक्त समूहमा राखिनुलाई...
पथरी, २८ कात्तिक– जिल्ला शिक्षा कार्यालय मोरङमा दैनिक १० जना शिक्षक राजीनामा दिएका छन् । अरू ५० जनाले राजीनामा दिने तयारीमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यता प्रमाणपत्र छानबिन गर्न थालेपछि १० जनाले राजीनामा दिएका हुन् । जिल्ला शिक्षा कार्यालय मोरङ विद्यालय...
काठमाण्डु, २८ कात्तिक– प्रेमी दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि चर्चा र विवादमा तानिएकी पूर्वमोडल खुश्बु ओलीले आफू नेपाल नर्फेकेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चार माध्यमलाई खुला पत्र लेख्दै खुश्बुले आफू लण्डनमै रहेको बताएकी छन् । केही समयअघि बेलायतले उनको पर्यटक भिसालाई...