प्रचण्ड रोल्पाबाट फर्केपछि बस्यो तीन दल बैठक

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ५:३० मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल tin dal‘प्रचण्ड’ रोल्पाबाट फर्केपछि सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको बैठक बसेको हो ।

सत्तारुढ कांग्रेस र एमालले सात प्रदेशको संयुक्त प्रस्ताव सार्वजनिक गरेपछि सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच संवादहीनताको अवस्था सिर्जना भएको थियो । सत्तारुढ दलहरुले प्रचण्डलाई वार्ताबाट भागेको आरोप समेत लगाएका थिए ।

बिहीबार साँझ प्रचण्ड काठमाडौं फर्केपछि तीन दलबीच बैठक बस्न लागेको हो ।

शनिबार हुने प्रतिपक्षी २२ दलको सभालाई सम्बोधन गर्न प्रचण्ड आजै धनगढी जाने कार्यक्रम रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us