काठमाण्डु, २७ कात्तिक– सर्लाहीको मूर्तिया गाविस–१ बाट गत सातादेखि एकै परिवारका तीन जना बेपत्ता भएका छन् । मानसिक सन्तुलन गुमाएकी ३९ वर्षर्ीया भगवती लुइँटेल आफ्ना दुई छोरी १३ वर्षीया पुनम र नौ वर्षीया आशिकासहित बेपत्ता भएकी हुन् । छोरीहरु लिएर यही कात्तिक १७ गते...
बागलुङ, २७ कात्तिक– राष्ट्रिय सर्तकता केन्द्रका डिआईजी रोशनराज पन्त मदिरा सेवन गरी प्रहरी र कर्मचारीमाथि धम्की दिएको आरोपमा पक्राउ परेका छन् । अत्याधिक मादक पदार्थ सेवन गरेका पन्तले धम्क्याएपछि ट्राफिक प्रहरीले बा १ झ १९ नम्बरको सरकारी गाडीसहित उनलाई पक्रेको हो । उनको धौलागिरी...
काठमाण्डु, २७ कात्तिक– भारतीय स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गरिएको छ । नेपाल सरकारका तर्फबाट नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित एक समारोहबीच उक्त उपाधि प्रदान गरेका हुन् । समारोहमा उपराष्ट्रपति...
काठमाण्डु, २७ कात्तिक– विश्वकै होचा नेपालका चन्द्रबहादुर डाँगीले विश्वकै होचा मानिससँग भेटेका छन् । डाँगीले विश्वकै अग्ला प्रमाणित भएका टर्कीका सुल्तान कोसेनसँग भेटेर हात मिलाएका हुन् । गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएका यी दुईबीच बेलायतको लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भेट भएको...
धनकुटा, २७ कात्तिक– धनकुटामा एक महिलाले आफ्नै तीन महिने छोरीलाई गुडिरहेको बस मुनि फालेकी छन् । भेडेटार गाविस– ६ की टेकबहादुर मगरकी श्रीमती तिलमायाले छोरीलाई काठमाण्डुबाट धरान जाँदै गरेको मे १ ख ३९९ नम्बरको बस मुनि फालेकी हुन् । बसको पछाडिको चक्काले किचेर बालिकाको...
काठमाण्डु, २७ कात्तिक– संविधानसभाभित्र रहेका मधेसी दलले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म सरकारमा नजाने घोषणा गरेका छन् । विभिन्न ६ मधेसवादी दलको फोरम लोकतान्त्रिको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा...
काठमाण्डु, २७ कात्तिक– व्यवस्थापिका–संसद् अन्तर्गतको राज्य व्यवस्था समितिले सार्क शिखर सम्मेलनको गोप्य सुरक्षा योजना सार्वजनिक नगर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई बोलाएर समितिले सुरक्षा योजना गोप्य राख्न भनेको हो । सार्क सुरक्षा योजना चुस्त...
काठमाण्डु, २७ कात्तिक– आसन्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनका बेला आतंकवादी घुसपैठ हुने आशंकामा सुरक्षा निकायले नेपालमा बस्ने मुस्लिम समुदायमाथि निगरानी बढाएको छ । सार्क सम्मेलन नजिकिँदै गर्दा राजधानीसहित तराई क्षेत्रमा सुरक्षा निकायले मुस्लिम समुदायमाथि निगरानी राख्न थालेको हो...
काठमाण्डु – नेपालमा पछिल्लो समयमा आफ्नै आफन्तबाटै बालिकाहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन् । नेपालका विभिन्न जिल्लामा बालिकामाथि हुने गरेको यौन दुव्र्यवहार र बलात्कारका घटनालाई हेर्दा बढी मात्रामा आफन्तैबाट भएको अध्ययनले देखाएको छ । काभ्रे जिल्लामा २० वर्षकी किशोरी चार वर्षदेखि आफ्नै हजुरबुबा र...
काठमाण्डु, २७ कात्तिक– दुई फरक धारको प्रतिनिधित्व गर्ने एमाओवादी नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बिहीबार एकै ठाउँमा बसेर पत्रकार सम्मेलन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनमा चिसो पसेको छ । प्रचण्डको अनुपस्थितिमा भट्टराई निवास सानेपामा गरिएको पत्रकार भेटघाट अध्यक्ष प्रचण्डसँग सल्लाह नै...
काठमाण्डु, २७ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेका भारतीय सेनाका स्थल सेनाध्यक्ष दलबीर सिंहले बिहिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा नेपाल भारत सैन्य सम्बन्ध र आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो । भेटमा भारतीय सेनाध्यक्ष...
काठमाण्डु, २७ कात्तिक – काँग्रेस नेता गगन थापाले नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित भएकोमा पार्टीका ठूला भनिने नेतालाई कटाक्ष गरेका छन् । बिहिबार काँग्रेस पदाधिकारी बैठकले सार्क सम्मेलनको कारण देखाएर आउँदो कात्तिक ३० गतेबाट हुने तय भएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेका छन् ।...