काठमाण्डु, २७ कात्तिक– सर्लाहीको मूर्तिया गाविस–१ बाट गत सातादेखि एकै परिवारका तीन जना बेपत्ता भएका छन् ।
मानसिक सन्तुलन गुमाएकी ३९ वर्षर्ीया भगवती लुइँटेल आफ्ना दुई छोरी १३ वर्षीया पुनम र नौ वर्षीया आशिकासहित बेपत्ता भएकी हुन् ।
छोरीहरु लिएर यही कात्तिक १७ गते घरबाट हिँडेकी श्रीमतीलाई प्रहरीको सहयोगमा खोजी गर्दा पनि हालसम्म कहीं कतै फेला नपरेको श्रीमान् त्रिलोचन लुइँटेलले जानकारी दिए ।
आमासँगै हराएका छोरीले पनि १० दिनसम्म कुनै सम्पर्क नगरेकाले तीनै जनालाई कुनै पक्षले बेपत्ता पारेको आशङ्का परिवारले गरेको छ । पुनम कक्षा सात र आशिका कक्षा चारमा अध्ययनरत छन् ।
बेपत्ता भएकाको परिवारजनले मूर्तियाको इलाका प्रहरी कार्यालय र महानगरीय प्रहरी परिसर काठमाण्डुमा निवेदन दिएपछि प्रहरीले खोजी जारी राखेको छ । रासस