सार्कको गोप्य सुरक्षा रणनीति सार्वजनिक गरेको भन्दै बामदेवमाथि खनिए सभासद

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १४:०८ मा प्रकाशित

bamdevकाठमाण्डु, २७ कात्तिक– व्यवस्थापिका–संसद् अन्तर्गतको राज्य व्यवस्था समितिले सार्क शिखर सम्मेलनको गोप्य सुरक्षा योजना सार्वजनिक नगर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई बोलाएर समितिले सुरक्षा योजना गोप्य राख्न भनेको हो ।

सार्क सुरक्षा योजना चुस्त दुरुस्त बनाउनुको साटो सञ्चार माध्यममार्फत सुरक्षा रणनीति प्रचार–प्रसार गरेको भन्दै बैठकमा सदस्यहरुले आपत्ति जनाए ।

समितिले सवारी दुर्घटना न्युनीकरण र सम्भाव्य सुरक्षा खतरासहित अन्तर्राष्ट्रिय स्तरको सुरक्षा रणनीति तय गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकमा उपप्रधान तथा गृहमन्त्री गौतमले सार्क सम्मेलनमा सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।

उनले सम्मेलनमा सहभागी हुन आउने पाहुनाको सुरक्षाका लागि सरकार गम्भीर रहेको र त्यसै अनुसार सुरक्षा निकायको प्रभावकारी परिचालन गरिसकिएको जनाए ।
यस्तै गौतमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी र जनकपुरमा सार्वजनिक सम्बोधन नगर्ने र साइकलमा यात्रा गर्ने कार्यक्रम पनि नरहेको स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us