मापसे गरेर प्रहरीलाई धम्की दिएको आरोपमा डिआईजी पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १५:४३ मा प्रकाशित

बागलुङ, २७ कात्तिक– राष्ट्रिय सर्तकता केन्द्रका डिआईजी रोशनराज पन्त मदिरा सेवन गरी प्रहरी र कर्मचारीमाथि धम्की दिएको आरोपमा पक्राउ परेका छन् ।
अत्याधिक मादक पदार्थ सेवन गरेका पन्तले धम्क्याएपछि ट्राफिक प्रहरीले बा १ झ १९ नम्बरको सरकारी गाडीसहित उनलाई पक्रेको हो ।

उनको धौलागिरी अञ्चल अस्पतालमा मापसे जाँच गरिएको छ । भ्रष्टाचारविरुद्ध सामूहिक अभियान कार्यक्रमका लागि आएका पन्त पक्राउ परेपछि शुक्रबार हुने भनिएको कार्यक्रम नै  स्थगित गरिएको छ ।

उनीविरुद्ध मापसे गरेर महिलामाथि जथाभावी बोलेको आरोपमा मुद्धासमेत दर्ता भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us