आमाले तीन महिनाकी छोरी गुडिरहेको बस मुनि फालेपछि…..

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १४:४० मा प्रकाशित

धनकुटा, २७ कात्तिक– धनकुटामा एक महिलाले आफ्नै तीन महिने छोरीलाई गुडिरहेको बस मुनि फालेकी छन् ।

भेडेटार गाविस– ६ की टेकबहादुर मगरकी श्रीमती तिलमायाले छोरीलाई काठमाण्डुबाट धरान जाँदै गरेको मे १ ख ३९९ नम्बरको बस मुनि फालेकी हुन् ।

बसको पछाडिको चक्काले किचेर बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले तिलमाया मानसिक रोगी रहेको बताएका छन् । प्रहरीले तिलमाया र बस चालक हेमबहादुर मगरलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us