नुवाकोटमा नेकपा – माओवादीको रातारात भित्तेलेखन

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ६:४७ मा प्रकाशित

नुवाकोट, २८ कात्तिक – नेकपा–माओवादीभित्र केन्द्रमा देखिएको विवादको प्रभाव नुवाकोटमा पनि देखिएको छ ।

maoist-flagनेत्रविक्रम चन्द ‘विप्लव’को पक्षधरहरुले विदुर नगरपालिका सहित विभिन्न गाँउ विकास समितिहरुमा आक्रामक नारा लेख्दै हिंडेका छन् ।

नेकपा–माओवादीका कार्यकर्ताहरुले विदुर नगरपालिका भित्र बट्टार बसपार्क आसपाससहित विभिन्न स्थान र थानसिंहको छहरे, गेर्खुको गेर्खुटार, तूप्चेको चण्डेश्वरी क्याम्पस तथा आसापास, देउरालीको भूमेदेवी उच्चमाबि लगायतका स्थानमा आक्रामक नारा सहितको भित्ते लेखन गरेका छन् ।

नेकपा–माओवादीका कार्यकर्ताहरुले ‘जनयुद्ध जारी छ’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘एकीकृत क्रान्तिको दिशामा अगाडी बढौ’ लगायतका नाराहरुले भित्ते लेखन गर्दै विप्लवले भनेजस्तै नयाँ क्रान्तिको चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us