पथरी, २८ कात्तिक– जिल्ला शिक्षा कार्यालय मोरङमा दैनिक १० जना शिक्षक राजीनामा दिएका छन् ।
अरू ५० जनाले राजीनामा दिने तयारीमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यता प्रमाणपत्र छानबिन गर्न थालेपछि १० जनाले राजीनामा दिएका हुन् ।
जिल्ला शिक्षा कार्यालय मोरङ विद्यालय प्रशासनकी प्रमुख तारा शर्माका अनुसार अहिलेसम्म १० जना शिक्षक राजीनामा दिएका छन् ।
विद्यालय प्रशासन प्रमुख शर्माकै भनाइलाई आधार मान्ने हो भने भारतबाट आइए पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर जागिर गरिरहेका ५० शिक्षकले राजीनामा दिने तयारीमा
छन् ।
सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले शैक्षिक योग्यताको प्रमाणपत्र सङ्कलन गरिरहेको बताए । रासस