सार्कको मुखैमा किन हटाइए काठमाण्डुका सिडिओ ?

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ३:१३ मा प्रकाशित

basantaraj gautamकाठमाण्डु, २८ कात्तिक– सरकारले दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाण्डुका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ ।
सामान्य प्रशासन मन्त्रालयले प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमलाई हटाएको छ । गौतमलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।

निजामति कर्मचारीभित्र अतिरिक्त समूहमा राखिनुलाई कारबाहीसरह मानिन्छ । मन्त्रालयले गौतमलाई हटाउने निर्णय गरे नयाँ सिडिओ पठाइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us