भागवण्डा नमिलेपछि नेविसंघ महाधिवेशन सातौं पटक पनि स्थगित

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ५:५३ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक – काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन सातौं पटक पनि स्थगित भएको छ ।

NSU Flagबिहिबार बालुवाटारमा बसेको काँग्रेसको पदाधिकारी बैठकले सार्क सम्मेलनको कारण देखाउँदै स्थगन गरेको बुझिएको छ ।
पार्टीका सबै नेता तथा कार्यकर्ता सार्क सम्मेलनको तयारी व्यस्त रहनु परेकाले विद्यार्थी संघको महाधिवेशन गर्न नसकेको एक केन्द्रीय नेताले बताए ।

प्रजातान्त्रिक अभ्यासको ठुलो पार्टी भनेर डंका पिट्न नथाक्ने काँग्रेसले विद्यार्थी संघको महाधिवेशन मिति तोक्दै स्थगन गर्दै जानु लज्जास्पद भएको विद्यार्थी नेता जयराम दहालले प्रष्ट्याए ।

प्रतिनिधि चयन हुन नसकेका १० जिल्ला र काठमाण्डुका केहि क्याम्पसमा शेरबहादुर देउवा पक्षधरले ५० प्रतिशत प्रतिनिधि आफ्नो भागमा पर्नुपर्ने जिकिर गरेपछि महाधिवेशन स्थगित भएको संस्थापन पक्षका विद्यार्थी नेताले काठमाण्डु टुडेलाई जानकारी दिए ।

यसपटक हुन लागेको ११ औं महाधिवेशन कात्तिक ३० , मंसिर १ र २ मा हुने तय भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us