सार्क सम्मेलनमा तीन दिन सार्वजनिक बिदा

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ९:५० मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक – आसन्न १८ औं सार्क सम्मेलनका लागि काठमाण्डु उपत्यकामा ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।

saarcबिहिबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ९, १०, ११ गते बिदा दिने निर्णय गरेको हो ।

सार्क शिखर सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र सवारी ब्यवस्थापनका लागि विदा दिएको हो ।

काठमाण्डुमा आउँदो मंसिर १० र ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सार्क शिखर सम्मेलन हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us