लागुऔषधसहित पाँचजना पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १०:२५ मा प्रकाशित

पोखरा, २७ कात्तिक – जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले पोखरा र लेखनाथका आसपासमा लागुऔषधको बिक्री वितरण गर्ने पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा लेखनाथ–१३ का महेन्द्र बानियाँ, पोखरा–१७ छोरेपाटनका रविन शाही, लामाचौर गाविस–३ बस्ने सञ्जय हितान र आशिष गैरे र नवलपरासी सुनवल–४ का खेमराज तिमिल्सिना छन् ।

अभियुक्तले सुनवलका खेमराज तिमिल्सिनाबाट लागुऔषध खरिद गरी ती ठाउँमा लागुऔषध बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us