मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ६:३६ मा प्रकाशित

विराटनगर, २७ कात्तिक – सुनसरीको महेन्द्रनगर–३ मा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार बा १६ प १८६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय दीपक राईको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते राईको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us