समाचार

गोलीको छर्रा बोकेर हारगुहार गर्दै माओवादी लडाकु

२०७१ कार्तिक २६ गते ११:२७

बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको मेच्छेपौवा गाविस– ८ की रेविका तामाङ अहिले पनि टाउकोमा लागेको गोलीको छर्रा बोकेर हारगुहार गर्दै हिँडेकी छिन् । तत्कालीन शाही सेना र माओवादी लडाकुबीच भएको दोहोरो भिडन्तमा घाइते भएकी तामाङले आफूलाई राज्य पक्षबाट कुनै सहयोग प्राप्त नभएको बताइन् । मैले...

बहिर्गमित जनमुक्ति सेनाले हिन्दूराष्ट्र कायम गराउन बन्दुक उठाउने चेतावनी

२०७१ कार्तिक २६ गते १०:३२

काठमाण्डु, २६ कात्तिक – बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिले हिन्दूराष्ट्रको पुन:स्थापनाका लागि राष्ट्रव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले पाश्चात्य संस्कृतिका ठेकेदारहरुले क्रिश्चियनहरुबाट डलर खाएर नेपाललाई धर्म निरपेक्षता राष्ट्र बनाएको भन्दै तत्काल हिन्दूराष्ट्र...

तीन दलीय सहमति बिथाेल्ने रामचन्द्र हुन् : प्रचण्ड

२०७१ कार्तिक २६ गते ९:५८

काठमाण्डु, २६ कात्तिक– युद्धकालीन आधार क्षेत्र मानिने रोल्पा पुगेका एकीकृत नेकपा (माओवादी) अध्यक्ष प्रचण्डले राजनीतिक सहमति विथोल्न कांग्रेस उपसभापति रामचन्द्र पौडेल सक्रिय भएको आरोप लगाएका छन् । हिन्दू राज्य स्थापनाका लागि खुमबहादुर खड्कालाई उक्साउने काम पनि पौडेलले नै गरेको प्रचण्डको दाबी छ । बुधबार...

अख्तियारले खाइदियो एउटै विद्यालयका ११ शिक्षकको जागिर

२०७१ कार्तिक २६ गते ९:५८

कैलाली, २६ कात्तिक – अख्तियार दुरुपयोग अनुन्सधान आयोगको निर्देशनमा कैलालीको लम्कीचुहा नगरपालिका– १२ मा रहेको राष्ट्रिय माविका ११ शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले निष्कासित गरेको छ । विज्ञापनै नगरी अध्यापन अनुमतिपत्रसमेत नभएका शिक्षक व्यवस्थापन समितिले निजी स्रोतबाट राखेको विषयमा अख्तियारमा मुद्दा परेको थियो । अख्तियार...

निर्धारित मितिमा नै संविधान जारी हुन्छ : प्रधानमन्त्री

२०७१ कार्तिक २६ गते ९:५७

काठमाण्डु, २६ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित मितिमा नै संविधान जारी हुने कुरामा आशङ्का नगर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले पत्रकारको पेसागत तथा भौतिक सुरक्षा, समग्र पत्रकारिताको व्यावसायिक विकास एवम् संविधान निर्माणको तीन महिने विशेष अभियानका क्रममा प्रधानमन्त्री निवास बालुवाटार पुगेको...

गैर–सरकारी संस्थाको खोल ओढेर अनियमितता गर्नेको कागजात नियन्त्रणमा

२०७१ कार्तिक २६ गते ७:२५

नुवाकोट, २६ कात्तिक – आर्थिक अनियमितता भएको उजुरी पछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाको एक सरकारी कार्यालय र सामुदायिक संस्थाका कागजात नियन्त्रणमा लिएको छ । कार्यालय तथा संस्थामा आर्थिक अनियमितता भएको तथा विभिन्न चलखेल भएको भन्दै नुवाकोट प्रशासनले पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार...

प्रधानमन्त्री र भारतीय मन्त्री नितिन गडकरीबीच भेटवार्ता

२०७१ कार्तिक २६ गते ७:२२

काठमाण्डु, २६ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेका भारतका राजमार्ग तथा सडक यातायात मन्त्री नितिन गडकरीले आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल भारत सम्बन्ध, पूर्वाधार विकासमा भारतको अनुभव, नेपालको संविधान निर्माण प्रकृया र नेपाल भारत...

वन मासेर बस्नेलाई सुकुम्बासी प्रमाणित नगर्न वन कार्यालयको आग्रह

२०७१ कार्तिक २६ गते ६:४३

रौतहट, २६ कात्तिक – जिल्ला वन कार्यालय रौतहटले चुरे तथा वन क्षेत्रमा अव्यवस्थित रुपमा बसोवास गर्दै आएका व्यक्तिलाई जाँचबुझ नै नगरी सम्बन्धित गाविस तथा चन्द्रपुर नगरपालिकालाई सुकुम्बासी प्रमाणित नगर्न अनुरोध गरेको छ । रौतहटको चुरे क्षेत्र तथा जङ्गल क्षेत्रमा अव्यवस्थित रुपमा बसोवास गर्दै आएका...

सुसाइड नोट लेखेर किन आत्महत्या गरे अमेरिकी नागरिकले ?

२०७१ कार्तिक २६ गते ६:३९

सोलुुखुम्बु, २६ कात्तिक – सोलुखुम्बुको चौरीखर्क–८ स्थित नेष्टएट लुक्ला होटलमा एक अमेरिकी पर्यटक मृत अवस्थामा भेटिएका छन् । इरानी मुलका ६५ वर्षीय अमेरिकी नागरिक सो होटलको कोठा नम्बर ११० मा मृत अवस्थामा भेटिएका हुन् । कात्तिक २१ गते नेपाल आएका अमेरिकी नागरिक २२ गते...

पोखरीमा डुबेर एक महिलाको मृत्यु

२०७१ कार्तिक २६ गते ६:३४

ललितपुर , २६ कात्तिक – चापागाउँ गाविस–४ स्थित भन्सार पोखरीमा डुबेको अवस्थामा स्थानीय चम्पा कपालीको शव फेला परेको छ । शव आज बिहान भेटिएको महानगरीय प्रहरी वृत्त चापागाउँकी प्रहरी नायव उपरीक्षक दुर्गा सिंहले बताए । मृतक कपाली आज बिहान ५ बजे घरबाट हिँडेको बताइएको...

विद्यालय जाने बाटो ढुकेर बलात्कार गर्नेलाई आठ वर्ष कैद

२०७१ कार्तिक २६ गते ६:३२

इलाम, २६ कात्तिक – विद्यालय जाँदै गरेकी छात्रालाई बाटो ढुकेर बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाम नगरपालिका–९ पिपलबोटेका सुदीप निरौलालाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले निरौलालाई जबर्जस्ती करणी १ नम्बर र ३ महलको (४)...

जग्गा पाइन्छ कि भनेर फाराम भर्न जाँदा ज्यानै गयो

२०७१ कार्तिक २६ गते ६:२७

इलाम, २६ कात्तिक – इलामको पश्चिमी बाँझो गाविसमा एक वृद्धको त्रिशूले भिरबाट लडेर ज्यान गएको छ । गाउँ विकास समितिको कार्यालयमा सुकुम्वासी आयोगको फाराम भरेर घर फर्कने क्रममा बाँझो–८ मानपुरे भन्ने स्थानका ५९ वर्षीय मणिविक्रम योङहाङको मङ्गलबार साँझ भिरबाट लडेर ज्यान गएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us