अख्तियारले खाइदियो एउटै विद्यालयका ११ शिक्षकको जागिर

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ९:५८ मा प्रकाशित

कैलाली, २६ कात्तिक – अख्तियार दुरुपयोग अनुन्सधान आयोगको निर्देशनमा कैलालीको लम्कीचुहा नगरपालिका– १२ मा रहेको राष्ट्रिय माविका ११ शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले निष्कासित गरेको छ ।

akhtiyarविज्ञापनै नगरी अध्यापन अनुमतिपत्रसमेत नभएका शिक्षक व्यवस्थापन समितिले निजी स्रोतबाट राखेको विषयमा अख्तियारमा मुद्दा परेको थियो । अख्तियार सम्पर्क कार्यालय महेन्द्रनगरले गरेको परिपत्रअनुसार बुधबार बसेको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको बैठकले त्यहा“ अध्यापन गराउँदै आएका शिक्षकलाई निष्कासित गरेको हो ।

यसरी निष्कासित गरिएका शिक्षक जगत थ्याईत, डम्बर शाही, भद्र भण्डारी, रुपा खत्री, इन्दीरा गिरी, नरेन्द्र वली, सरस्वती शाही, निर्मला चौधरी, लोकेन्द्र कठायत, इन्द्र विष्ट रहेको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर शाही बताए ।

उनले प्रक्रिया पु¥याई छिट्टै शिक्षक नियुक्ति गरिने बताए । यसरी एकै विद्यालयका ११ शिक्षक निष्कासित हुँदा विद्यालयको पढाइ प्रभावित भएको छ । यसअघि असोज २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरले सो विद्यालय निरीक्षणका लागि जिल्ला शिक्षा कार्यालय धनगढी कैलालीलाई पत्र पठाएको विद्यालय निरीक्षक लोकेन्द्र भट्टले जानकारी दिए ।

त्यस विद्यालयमा विज्ञापनै नगरी अध्यापन अनुमतिपत्रसमेत नभएका शिक्षक रहेको पाइएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us