समाचार

जम्मा तीन घण्टा विद्यालयमा

२०७१ कार्तिक २६ गते ४:२६

काठमाण्डू, २६ कात्तिक–  म्याग्दी रुमका विद्यार्थी १२ बजे मात्र विद्यालय पुग्छन् र ३ नबज्दै  घरतर्फ दौडिन्छन् । यो उनीहरुले लापर्वाही गरेका होइनन् । घरदेखि विद्यालय टाढा भएका कारण विद्यार्थीहरु समयमा नै विद्यालय पुग्न सक्दैनन् त्यसमाथि घरमा काम सधाउनु पर्ने बाध्यता त छँदैछ । रुम–४...

फेरि तोकियो नेविसंघको महाधिवेशन मिति

२०७१ कार्तिक २५ गते १३:२८

काठमाण्डु, २५ कात्तिक– नेपाली कांग्रेसको पदाधिकारी बैठकले भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन आउँदो कात्तिक ३० मा तोकेको छ । कात्तिक ३० देखि मंसिर २ गतेसम्म  कीर्तिपुरमा हुने गरी नेविसंघले गरेको प्रस्तावलाई कांग्रेसले अनुमोदन गरेको हो । यसअघि पटकपटक मिति तोक्दै...

ठग्दै हिड्ने एक पक्राउ

२०७१ कार्तिक २५ गते १२:५३

काठमाण्डु, २५ कात्तिक – महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाको टोलीले करिब १० लाख ठगी गरेको कसुरमा मकवानपुरका दिनेश बर्तौलालाई आज (मङगलबार)कोटेश्वरबाट पक्राउ गरेको छ । पैँतीस वर्षीय बर्तौलाले भक्तपुर सुडाल गाविस ६ बस्ने केशव तिमिल्सिनालाई राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षकमा जागिर लगाई दिने तथा...

युद्धकालीन सेल्टर पुगेर भावुक भइरहेछन् प्रचण्ड

२०७१ कार्तिक २५ गते १२:४६

काठमाण्डु, २५ कात्तिक– एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युद्धकालीन सेल्टर चहार्दै नोस्टाल्जिक भइरहेका छन् । मंगलबार उनी रोल्पाको राङ्सी पुगेर आफू बसेको घरको निरीक्षण गरे । रोल्पा सदरमुकामदेखि २४ कोस पश्चिममा पर्ने राङ्सीको रामकोटा डाँडागाउँका रणबहादुर घर्ती मगरको घरको अवलोकन गरेका थिए...

वैद्य र विप्लवको जुहारी, सस्तो लोकप्रियताका लागि जथाभावी नगर्न चेतावनी

२०७१ कार्तिक २५ गते १२:२०

काठमाण्डु, २५ कात्तिक – नेकपा–माओवादीको मंगलबार बसेको पोलिट्ब्युरो बैठकले पार्टी सचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई अलग गतिविधिहरु तुरुन्तै रोक्न निर्देशन दिएको छ । बैठकपछि अध्यक्ष मोहन वैद्य ‘किरण’ र महासचिव रामबहादुर थापा ‘बादल’ले संयुक्त वक्तव्य जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । विप्लवको गतिविधिलाई माओवादीले...

विद्युतगृहबिना शे–फोक्सुन्डोमा विद्युत् उत्पादन

२०७१ कार्तिक २५ गते ११:५५

डोल्पा, २५ कात्तिक – डोल्पाको फोक्सुन्डो गाविसको रिग्मो गाउँमा अवस्थित नेपालकै गहिरो शे–फोक्सुन्डो तालबाट निस्केको पानीबाट विद्युत् उत्पादन गरिएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र क्यानडा, संयुक्त राज्य अमेरिका डब्लुएफएफको प्राविधिक सहयोगमा पाँच किलोवाट विद्युत् निकालिएको हो । तालसम्म पुग्ने हजारौँ विदेशी...

शौचालय गएको मौका छोपी किशोरीलाई बाँसघारीमा लगेर बलात्कार

२०७१ कार्तिक २५ गते ११:०२

लहान, २५ कात्तिक – घरनजिकै रहेको विद्यालयमा ट्यूसन पढ्न आएकी सिरहाकी एक किशोरी बाँसघारीमा शौच गर्न जाँदा बलात्कृत भएको घटना सार्वजनिक भएको छ । सिरहाको मोहनपुर कमलपुर गाविसमा रहेको सामुदायिक विद्यालयमा बिहान पढ्न आएकी १४ वर्षीया किशोरी बलात्कृत भएको पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि...

चमेलियाको कागजात पल्टाउँदै महालेखा नियन्त्रण

२०७१ कार्तिक २५ गते ११:०१

दार्चुला , २५ कात्तिक – दार्चुलाको शिखर गाविस बलाँचमा निर्माण भइरहेको चमेलिया जलविद्युत् आयोजनामा व्यापक अनियमितता भएको भन्ने खबरहरु बाहिर आएपछि स्थलगत अध्ययनका लागि महालेखा नियन्त्रण कार्यालयको टोली दार्चुला आइपुगेको छ । चमेलियामा ठूलो आर्थिक अनियमितता भएको भन्दै व्यवस्थापिका–संसद्मा समेत आवाज उठेपछि यसबारे थप...

सिके राउतलाई निःशर्त रिहाइ नगरे मधेसमा समानान्तर सरकार चलाउने चेतावनी

२०७१ कार्तिक २५ गते १०:२०

काठमाण्डु, २५ कात्तिक – सिके राउत बचाउ संघर्ष समितिले राउतमाथि राज्यले विभेद गरेको भन्दै तत्काल विभेद अन्त्य नगरे मधेशमा समानन्तर सरकार सञ्चालन गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले डिल्लीबजार जेलमा रहेका राउतलाई निःशर्त रिहाइ गर्नुपर्ने भन्दै...

काँग्रेस–एमालेको सात प्रदेशमा दलित मोर्चाको विरोध

२०७१ कार्तिक २५ गते ९:५५

काठमाण्डु, २५ कात्तिक – नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले संविधान लेखनका विषयमा नेपाली काँग्रेस र नेकपा एमालेले सार्वजनिक गरेको साझा अवधारणा समानुपातिक–समावेशीको सिद्धान्त विपरीत रहेको भन्दै आफ्नो असहमति जनाएको छ । मोर्चाका अध्यक्ष तिलक परियारले मङगलबार जारी गरेको विज्ञप्तिमा विघटित संविधानसभाले गरेका जनपक्षीय व्यवस्था...

सार्कले शान्ति र समृद्धिको लागि काठमाण्डु घोषणापत्र जारी गर्छ : परराष्ट्रमन्त्री

२०७१ कार्तिक २५ गते ९:४६

काठमाण्डु, २५ कात्तिक – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सार्कको आसन्न १८ औं शिखर सम्मेलनले शान्ति र समृद्धिको लागि एकता विषयको काठमाण्डु घोषणा पत्र जारी गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले घोषणपत्रमा गुणस्तरीय शिक्षा, सन् २०३० सम्ममा सार्कबाट निरक्षरता...

बादलको चुरीफुरी सहन नसकेपछि विप्लवले पार्टी फुटाइदिने

२०७१ कार्तिक २५ गते ९:३५

काठमाण्डु, २५ कात्तिक– दुई वर्षअघि एकीकृत नेकपा (माओवादी) बाट विभाजन भएर बनेको नेकपा–माओवादी फेरि अर्को विभाजनको मुखमा पुगेको छ । पार्टी अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीचको विवाद नमिल्ने ठाउँमा पुगेको समाचार स्रोतहरु बताउँछन् । सोमबार डाकिएको पोलिट्ब्युरो बैठक बहिष्कार गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us