काठमाण्डु, २५ कात्तिक– नेपाली कांग्रेसको पदाधिकारी बैठकले भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन आउँदो कात्तिक ३० मा तोकेको छ । कात्तिक ३० देखि मंसिर २ गतेसम्म कीर्तिपुरमा हुने गरी नेविसंघले गरेको प्रस्तावलाई कांग्रेसले अनुमोदन गरेको हो ।

यसअघि पटकपटक मिति तोक्दै रोकिंदै गरेको महाधिवेशनको नयाँ मिति तोकिएको हो । महाधिवेशन सम्पन्न गर्नका लागि कांग्रेसले महामन्त्री प्रकाशमान सिंहलाई निर्देशन समितिको जिम्मेवारी दिएको छ ।
महाधिवेशन मिति तोकिएपछि नेविंसघबीच नेतृत्वका लागि हानाथाप सुरु भएको छ । संस्थापन र देउवा पक्ष दुवैतिर दुईभन्दा बढी आकांक्षीहरु प्रत्येक पदका लागि देखिएका छन् ।