समाचार

किन मारे झङ्करले एकै ठाउँमा आठवटा गाई ?

२०७१ कार्तिक २५ गते ३:०६

कैलाली, २५ कात्तिक– कैलालीको पथरैया–८ खैरीफाटामा रहेको कालिका सामुदायिक वन उपभोक्ता समिति नजिकै आठवटा गाई मारेर फालेको अवस्थामा फेला परेका छन् । धानको भुसमा विषादी प्रयोग गरी गाईको हत्या गरिएको हुन सक्ने प्रहरी चौकी अमरावती प्रहरीले जानकारी दिएको छ । गाई मारेको आशङ्कामा प्रहरीले...

मोदी भेटाइदिन दिल्लीमा ज्ञानेन्द्रको हिन्दूवादीसँग हारगुहार

२०७१ कार्तिक २५ गते २:५६

काठमाण्डु, २५ कात्तिक– दिल्ली भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न खोजेका छन् । मोदीको पार्टी भाजपाका नेता र हिन्दूवादी संगठनका कार्यकर्तासँग भएको भेटमा उनले मोदीसँग भेटाइदिन आग्रह गरेका हुन् । भाजपाका नेपाल हेर्ने प्रमुख अजितकुमारले आफूसँगको भेटका क्रममा ज्ञानेन्द्रले मोदी...

जनतासँग सल्लाह गर्न रोल्पा आएको हुँ: प्रचण्ड

२०७१ कार्तिक २५ गते २:४५

होलेरी, २५ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग सल्लाह लिन रोल्पा आएको बताएका छन् । महासचिव कृष्णबहादुृर महरासहित पार्टी नेताहरुका रोल्पा पुगेका प्रचण्डले मंगलबार बिहान होलेरीमा स्थानीयलाई सम्बोधन गर्दै आफू सरसल्लाहका लागि काठमाण्डुबाट रोल्पा आएको बताएका हुन् । आफूलाई अगाडिग जान...

घोराहीबाट गरे प्रचण्डले घोषणा– ‘नत्र आमहडताल हुन्छ’

२०७१ कार्तिक २४ गते १३:५६

दाङ, २४ कात्तिक– रोल्पको आमसभाका लागि पश्चिम नेपाल पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहितको संघीयता नभए देशव्यापी आमहडताल गर्ने घोषणा गरेका छन् । दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘पहिचानविरोधी कांग्रेस एमालेको प्रस्तावले सहमतिको वातावरण झन् विथोलेको छ ।’ पहिचानसहितको...

आमाका नामबाट छोरीलाई जिल्लामै पहिलो नागरिकता

२०७१ कार्तिक २४ गते १३:१३

खोटाङ, २४ कात्तिक – दिक्तेल नगरपालिका–९ की बिना परियारले जिल्लामै पहिलो पल्ट आमाको नामबाट नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालयले आमा बदम नेपाली दर्जीका नामबाट परियारलाई वंशजका आधारमा नागरिकता प्रदान गरेको प्रजिअ सापकोटाले बताए । उनलाई नागरिकता प्रदान गर्न सभासद् सरस्वती बजिमयले सनाखत...

विप्लवको ‘नयाँ माओवादी’ बनाउने तयारी

२०७१ कार्तिक २४ गते १३:०५

काठमाण्डु, २४ कात्तिक– नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा साहित्यकार ऋषिराज बरालले केही दिनअघि ट्वीटरमा अध्यक्ष मोहन वैद्य तथा महासचिव रामबहादुर थापा बादलबाट अब क्रान्ति नहुने लेखेका थिए । उनले ‘मान्य छैन विप्लववाद’ शीर्षकमा लेख लेख्ने घोषणा पनि गरे । बरालले ‘नेपाली नयाँ जनवादी क्रान्तिका सम्बन्धमा...

सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधान बन्छ : सिटौला

२०७१ कार्तिक २४ गते १३:०१

झापा , २४ कात्तिक – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलबीच ध्रुवीकरणले संविधान निर्माण प्रक्रियामा जटिलता थपिएको बताएका छन् । बिर्तामोडमा सोमबारदेखि सुरु भएको तरुण दल झापाको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधान बन्नेमा ढुक्क हुन नेताकार्यकर्तालाई आग्रह...

साधुको भेषमा मृगको छाला तस्करी गर्ने पक्राउ

२०७१ कार्तिक २४ गते १२:५७

विराटनगर, २४ कात्तिक – नेपालबाट भारततर्फ मृगको छाला लिएर जाँदै गरेको अवस्थामा आज दिउँसो विराटनगर रानीमा एक योगी पक्राउ परेका छन् । सुनसरीको लोकही बस्दै आएका ६३ वर्षीय धनीलाल ठाकुरलाई सशस्त्र प्रहरी एवम् भन्सार सुरक्षाका खटिएका प्रहरीले पक्राउ गरेको हो । उक्त मृगको छालाको...

विद्यालय सुधारको रकम दुरुपयोग गर्ने प्रअ र अध्यक्षविरुद्ध मुद्दा दायर

२०७१ कार्तिक २४ गते ११:५९

काठमाण्डु, २४ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अनुदानको रकम दुरुपयोग गरेको अभियोगमा सप्तरीको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सप्तरी जिल्ला प्रसवनी स्रोतकेन्द्रअन्तर्गत राष्ट्रिय प्रावि डिमन–८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

कार्यालय प्रमुखले आफैं रसिद काटेर घूस खाएपछि

२०७१ कार्तिक २४ गते ११:५१

पाल्पा, २४ कात्तिक – डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख नेत्रप्रसाद घिमिरेले पाल्पा र गुल्मी जिल्लाका सहकारीबाट अवैध रूपमा पैसा असुलेका छन् । सहकारीको रिर्पोट बुझाउन गएका घिमिरेले सहकारीबाट १०० को रसिद काटेर ५०० सम्म लिएका हुन् । डिभिजन सहकारी कार्यालयमा झापाबाट आएका डिभिजन प्रमुख...

प्रचण्ड दलबलसहित रोल्पा गएकामा भट्टराई ‘फायर’

२०७१ कार्तिक २४ गते ११:०२

काठमाण्डु, २४ कात्तिक– संविधान निर्माण प्रक्रिया अलमलमा परेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साताका लागि रोल्पा गएकामा एमाओवादी नोता बाबुराम भट्टराई रुष्ट बनेका छन् । संविधान निर्माण प्रक्रिया पेचिलो भएका बेला प्रचण्डले काठमाण्डु छाड्नुलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले...

काँग्रेस–एमालेको प्रस्ताव अगाडि नबढाए भट्टराईको पद संकटमा : रावल

२०७१ कार्तिक २४ गते १०:५८

काठमाण्डु, २४ कात्तिक – नेकपा एमाले उपाध्यक्ष भीम रावलले बैठक नबोलाउने भए संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले पद छाड्नु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले संवाद समितिका सभापति भट्टराईले काँग्रेस र एमालेसहितको दलले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us