समाचार

लाइसेन्स लिन एसएलसी पास अनिवार्य

२०७१ कार्तिक २४ गते ४:४८

चितवन, २४ कात्तिक– सरकारले सवारी चालक अनुमतिपत्र लिनका लागि अनिवार्य एसएलसी पास भएको हुनुपर्ने व्यवस्था लागू गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि ल्याउन लागिएको नया“ योजनामा उक्त प्रावधान राख्न लागिएको हो । भौतिक योजना तथा निर्माण र यातायातमन्त्री विमलेन्द्र निधिले सडक दुर्घटना...

ट्रयाक्टरको ठक्करबाट महिलाको मृत्यु

२०७१ कार्तिक २४ गते ४:३७

विराटनगर, २४ कात्तिक– मोरङमा गएराति ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मधुमल्ला–९स्थित सडकको भित्रिखण्डमा को२त २१८६ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने २६ वर्षीया निर्मला माझीको मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गम्भीररुपमा घाइते भएकी उनको विराटनगरस्थित न्यूरो...

सुरक्षित गर्भपतनप्रति महिला आकर्षित

२०७१ कार्तिक २४ गते २:५०

रौतहट, २४ कात्तिक– जिल्लाको ग्रामीण भेगका महिलामा स्वास्थ्य चेतनाबारे क्रमिकरुपमा चेतना बढ्दै गएको पाइएको छ । महिला प्रजनन स्वास्थ्यका बारेमा दिनप्रतिदिन जागरुक समेत हुादै गएका छन् । गत आवमा रौतहटको चन्द्रनिगाहपुर अस्पताललगायत सातवटा गाविसका स्वास्थ्य चौकी तथा हेल्थपोस्टमा गरी  दुई हजार महिलाले सुरक्षित गर्भपतन...

आफ्नै बाबुद्वारा १४ वर्षीया छोरी बलात्कृत

२०७१ कार्तिक २४ गते २:४४

बर्दिया, २४  कात्तिक– आफ्नै चौध वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा सानोश्री गाविसका ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पटकपटक बलात्कार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएकी थिइन । इलाका प्रहरी कार्यालय सानोश्रीले आरोपित बाबुलाई नियन्त्रणमा लिई थप...

एक कल फोन गर्न दुई घण्टा लाइन ?

२०७१ कार्तिक २४ गते २:४१

म्याग्दी– जिल्लाको दुर्गम गुर्जा गाविसका बासिन्दा एक कल फोन गर्नका घन्टौं लाइन बसेर पालो पर्खनुपर्ने बाध्यतामा छन् । जिएसएम, स्काइफोन, एनसेललगायत मोबाइल फोनको सुविधा नभएको गुर्जामा जडित भिस्याट प्रविधिको फोनमार्फत देश विदेशमा रहेका आफन्तसाग कुरा गर्नेहरु घन्टाौ लाइन बस्ने गरेका हुन् । फोन सेटको...

विद्यालय हातामा सशस्त्र प्रहरीको व्यारेक

२०७१ कार्तिक २४ गते २:३६

कञ्चनपुर, २४ कात्तिक– चाँदनी गाविस–२ मा रहेको जमुना प्राथमिक विद्यालयले सशस्त्र प्रहरीलाई भवन बनाउन जग्गा उपलब्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिले सर्वपक्षीय सहमति गरी सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई जग्गा प्रदान गरेको हो । सशस्त्र द्वन्द्वकाल सकिएपछि २०६४ देखि सशस्त्र प्रहरी बल कृषि...

किन गए प्रचण्ड सपरिवार रोल्पा ?

२०७१ कार्तिक २४ गते २:२८

काठमाण्डु, २४ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै राजधानीबाट रोल्पाका लागि हिंडेका छन् । प्रचण्ड पत्नी सीता, छोरा प्रकाशका साथै महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन ‘अनन्त’, नन्दकिशोर पुन ‘पासाङ’ लगायत नेताका सडकमार्गबाट रोल्पा गएका हुन् । उनले एक साता रोल्पामा...

बबरमहल दुर्घटनाका चालकलाई १० वर्ष थुन्न माग

२०७१ कार्तिक २४ गते २:१६

काठमाण्डु, २४ कात्तिक– तीनजनाको ज्यान जाने गरी बबरमहलमा भएको सडक दुर्घटनाका चालक चन्द्रबहादुर तामाङविरुद् काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले तामाङलाई १० वर्ष जेल सजाय माग गरेको मुद्दा दायर गरेको अदालतका स्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिए । प्रहरी...

दलहरुले अझै सार्वजनिक गरेनन् चुनाव खर्च

२०७१ कार्तिक २४ गते १:४६

काठमाण्डु, २४ कात्तिक– संविधानसभा निर्वाचन भएको एक वर्ष हुन लाग्दा पनि प्रमुख राजनीतिक दलले चुनाव खर्च सार्वजनिक गरेका छैनन् । निर्वाचनअघि नेपाली कांग्रेस, एमाले र एमाओवादीले चुनावी खर्च पारदर्शी बनाउने दाबी गर्दै चन्दा र चन्दादाताको नामसमेत सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनीहरुले...

काँग्रेसका मधेसीले बालुवाटारमा थर्काए सुशील, देउवा र रामचन्द्रलाई

२०७१ कार्तिक २३ गते १५:१६

काठमाण्डु, २३ कात्तिक– तराई मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेस सभासदहरुले एमालेसँगको साझा सहमतिमा पार्टी नेतृत्वले ल्याएको सात प्रदेशको प्रस्ताव मान्य नहुने बताएका छन् । उनीहरुले उक्त प्रस्ताव फिर्ता लिन पनि नेतृत्वलाई दबाब दिएका छन् । केन्द्रीय सदस्यसमेत रहेका फर्मुल्लाह मन्सुर र अमरेशकुमार नेतृत्वको टोलीले शीर्ष...

‘बहुमतीयमा गए मुठभेड’- प्रचण्ड

२०७१ कार्तिक २३ गते १२:४१

काठमाण्डु, २३ कात्तिक – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतीय दम्भमा संविधान जारी गर्न खोजिए मुलुक मुठभेडमा जाने चेतावनी दिएका छन् ।  धनुषामा आइतबार अायाेजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा उनले  नेपाली कांग्रेस र एमालेले प्रकृयाबाट संविधान जारी गर्छु भन्नु वेइमानी भएकाे अाराेप लगाए।...

वायुसेवा निगमका वरिष्ठ निर्देशकमाथि भ्रष्टाचार मुद्दा

२०७१ कार्तिक २३ गते १२:२१

काठमाण्डु, २३ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका वरिष्ठ कामु निर्देशक अच्युतराज पहाडीमाथि भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कामु निर्देशक पहाडीले विभिन्न समयमा विमानको पाङ्ग्रा (टायर) खरिदमा रु २० लाख दुई हजार २१६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us