विराटनगर, २३ कात्तिक– विराटनगरस्थित बसपार्कमा गएराति १२ बजे अज्ञात व्यक्तिले यात्रु बसमा आगजनी गरेका छन् । विराटनगरबाट इनरुवा आवतजावत गर्ने ना ३ ख २५२९ नम्बरको सो बसको अधिकांश भाग जलेर नष्ट भएको छ । बसपार्कमा रहेका गाडीका कर्मचारीका साथै व्यापारी र स्थानीय जनताको सहयोगमा...
काठमाण्डु, २३ कात्तिक– पूर्वप्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई दाम राखेर ढोग्नु जीवनकै ठूलो भुल भएको बताएका छन् । उनले ज्ञानेन्द्को पाउमा दाम राख्नु र प्रधानमन्त्री माग्नुलाई आफ्नो जीन्दगीकै सबैभन्दा ठूलो भूल बताए । यद्यपि ज्ञानेन्द्रको शासन सत्ता ढाल्न पनि...
धादिङ, २३ कात्तिक– निलकण्ठ नगरपालिका– १ नागेश्वर भन्ज्याङमा करेन्ट लागेर एक स्कुले छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खाल्टे गाविस–१ धुसेनीकी चमेली तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तामाङ चिसापानीस्थित जलदेवी निम्न माध्यामिक विद्यालयमा कक्षा-८ मा अध्ययनरत थिइन् ।...
काठमाण्डु, २३ कात्तिक– बालुवाटारको उपहार मार्गसम्मको मूल सडक धुलाम्मे छ । गत चैतमा विस्तारका लागि भत्काइएको यो सडकनजिकै एउटा सहायक मार्ग भर्खरै कालोपत्र गरिएको छ । करिब २५ मिटर लामो कालोपत्रे गरिएको त्यो मार्ग सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको घरको दैलोमा गएर टुंगिन्छ ।...
ललितपुर, २३ कात्तिक– बडिखेल गाविसलाई शनिबार खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । गाविसको कार्यालय बडिखेल, सहरी विकास व्यवस्थापन समाज (युम्स) लगायतका संघ/संस्थाको संयुक्त आयोजनामा गाविसका सचिव महेशकृष्ण महर्जनले खुला दिसामुक्त गाविस घोषणा गर्दै त्यहाँका सबै जनतालाई शनिबारदेखि खुला दिसा नगर्ने वाचा गराए ।...
काठमाण्डु, २३ कात्तिक– एमाले र राप्रपासहित मिलेर संघीयताबारे काँग्रेसले ल्याएको सात प्रदेशको प्रस्तावप्रति काँग्रेसकै सभासदले कडा आपत्ति जनाएका छन् । पूर्वघोषणाविपरीत पार्टी अघि बढेको भन्द्यै उनीहरुले हस्ताक्षर अभियान चलाएका छन् । अभियानमा संलगन काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवका अनुसार शनिबारसम्ममा ४२ सभासदले हस्ताक्षर गरेका...
चितवन, २२ कात्तिक– पूर्वी चितवनको वीरेन्द्रनगरमा हराएका एक बालकको शव गाडेको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको हत्या भएको आशङ्का गरिएको छ । वीरेन्द्रनगर–२ का रामबहादुर आले मगरका ११ वर्षीय छोरा होमबहादुरको शव स्थानीय पम्फा खोलाको सिसौघारी नजिकै...
काठमाण्डु– नेपालमा अहिले साहित्यको इतिहास लेख्ने होड चलेको छ । केही समयअघि मदन पुरस्कार गुठीले नेपाली साहित्यको बृहद् इतिहास लेख्ने घोषणा गरेलगत्तै हालै वामवृत्तले पनि प्रगतिशील साहित्यको इतिहास लेख्ने तयारी गरेको छ । शनिबार काठमाण्डुमा आयोजित विचार गोष्ठीमा प्रगतिशील साहित्य क्षेत्रका लेखक, विद्वान्, समालोचक...
काठमाण्डु, २२ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई पार्टीको तेस्रो बरियताको नेता प्रस्ताव गरेका छन् । नेपाल पक्षले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाइरहेका बेला मुख्यालय बल्खुमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले नेपाललाई तेश्रो वरियता दिने प्रस्ताव गरेका हुन् । एमाले विधानमा...
बनेपा, २२ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले विश्वविद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन नहुने बताएका छन् । काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई शनिबार धुलिखेलमा सम्बोधन गर्दै विश्वविद्यालय राजनीति गर्ने थलो नभएको बताए । उनले मुलुकमा बौद्धिकता पलायनको अवस्था दर्दनाक भएको उल्लेख...
नवलपरासी, २२ कात्तिक – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेको एक्समोडमा मालवाहक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । नेपालगन्जबाट पोखराका लागि छुटेको ना ५ ख ६६६ नम्बरको बसलाई विपरीत दिशाबाट आइरहेको ना ३ ख ४३७६ नम्बरको ट्रकले ठक्कर दिँदा रुपन्देही सिक्टन–६...
चितवन , २२ कात्तिक – भारतबाट गाडी तस्करी गरी नेपालका विभिन्न जिल्लामा बिक्री गरेको आरोपमा एक भारतीयसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । गाडी तस्करीको आरोपमा भारत गोरखपुर थाना बस्ने ३४ वर्षका गुड्डु भनिने मोहम्मद आलमसहित अन्य दुई नेपालीलाई पक्राउ...